काठमाडौं । संसारकै लोकप्रिय खेलहरु मध्ये एक हो फुटबल । गाउँघरदेखि, शहरबजार र संसारका ठूला रंगशालासम्मै खेलिन्छ यो खेल । हाल विश्वमा सबैभन्दा बढी दर्शक भएको खेल फुटबल हो । पछिल्लो समय फुटबलसँगै फुटबल रंगशाला पनि मानिसको चासो बन्ने गरेको छ । आज विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्था र एजेन्सीको सहयोगमा लोकपथ डटकमले त्यही विषयमा केन्द्रित रहेर संसारका १० ठुला र भव्य रंगशालाहरुको सूची तयार पारेका छौ ।
१०. आजादि स्टेडियम ईरानको आजादि स्टेडियम सन् १९७३ बाट सञ्चालनमा आएको हो । ईरानी राष्ट्रिय फुटबल टीमको लागि उक्त स्टेडियम प्रयोगमा आएको थियो । आजादि स्टेडियमको क्षमता ९५ हजार २ सय २५जनाको रहेको छ ।
९. सान सिरो ९ इटाली सान सिरो स्टेडियम सन १९२५ बाट बाट सञ्चालनमा आएको हो । यो फुटबल स्टेडियम सुन्दु ईटालिको मिलान सहरमा अवस्थित छ । यो फुटबल स्टेडियम युरोपको सब भन्दा ठूलो मध्य एक हो र इटालीको सब भन्दा ठूलो स्टेडियम हो । सान सिरो स्टेडियमको क्षमता ८०,००० जना रहेको छ ।
८. एन्फील्ड ९ युनाइटेड किंगडम एन्फील्ड स्टेडियमको स्थापना सन् १८८४ मा भएको हो । एन्फील्ड स्टेडियमको क्षमता ४५२७६ जनाको रहेको छ । हाल एन्फील्ड स्टेडियम लिभरपूलले प्रयोग गर्दै आएको छ ।
७. स्यान्टियागो बर्नाब्यू ९ स्पेन स्यान्टियागो बर्नाब्यूको स्थापना सन् १९८२मा भएको हो । स्यान्टियागो बर्नाब्यू को क्षमता ८१०४४जना रहेको छ । स्यान्टियागो बर्नाब्यू स्थापना काल देखी नै रियल मैड्रिडको होम स्टेडियमको रुपमा रहेको छ । यो स्पेनको दोस्रो ठूलो स्टेडियम हो ।
६. सकर सिटी ९ दक्षिण अफ्रीका सकर सिटी स्टेडियम २०१० वर्ल्ड कपको लागि निर्माण भएको हो । सकर सिटी स्टेडियमको क्षमता विशाल रहेको छ । सकर सिटी स्टेडियमको क्षमता ९०००० जनाको रहेको छ । सकर सिटी स्टेडियम विश्व को सर्वश्रेष्ठ फुटबल स्टेडियम मध्य एक हो ।
५. एज्टेका मेक्सिको एज्टेका स्टेडियम सन् १९६६ स्थापना भएको हो । एज्टेका स्टेडियमको क्षेमता ८७५२३ जना सम्मको रहेको छ । यो मेक्सिकोको सबैभन्दा ठूलो स्टेडियम हो। यो स्टेडियम बनाउन २६० मिलियन एमउक्स एन लागेको थियो ।
४. क्याम्प नौ ९ स्पेन क्याम्प नौ को स्थापना सन् १९५७ भएको हो । क्याम्प नौको क्षेमता ९८७५७ जनाको रहेको छ । यो स्पेन र युरोपको सबै भन्दा ठूलो स्टेडियम हो । १।७३ बिलियन युरोको लागतमा बनेको क्याम्प नौ स्टेडियमको हाईट ४८ मि रहेको छ ।
३. ओल्ड ट्राफर्ड ९ युनाइटेड किंगडम ओल्ड ट्राफर्ड स्टेडियम युनाइटेड किंगडमको सबैभन्दा ठूलो फुटबल स्टेडियम हो । २०१२ मा स्थापना भएको हो । ओल्ड ट्राफर्डस्टेडियमको क्षेमता ७४८७९ जना सम्मको रहेको छ । ओल्ड ट्राफर्ड स्टेडियमको लागत ९०००० पाउन्ड रहेको छ ।
२. एलियांज एरीना एलियांज एरीना स्टेडियमको स्थापना २०१३ मा भएको हो । एरीना स्टेडियमका क्षेमता ७५००० जनाको रहेको छ । यो विश्वको पहिलो स्टेडियम हो जसको बाहिरी आवरणको रंग फेर्रीरहन्छ । एरीना स्टेडियम बनाउन ३४० मिलियनय”रो लागेको थियो ।
१. वेम्बल फुटबल स्टेडियम ९ यूनाइटेड किंगडम २००७ बाट सञ्चालनमा आएको वेम्बल फुटबल स्टेडियम ७९८ मिलियन पाउन्डको लागतमा बनेको हो । वेम्बल स्टेडियममा ९०००० जनाको क्षमता रहेको छ । यस स्टेडियममा साना तथा बिभिन्न ठुला खेलहरु हुने गरेका छन् । वेम्ब्ली स्टेडियम फुटबल संघको स्वामित्वमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया