काठमाडौं । वि.सं. २०७६ पुस २७ गते । आईतबार । इ.स.२०२० जनवरी १२ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० थिंलागा । माघ कृष्णपक्ष । तिथी– द्वितीया,२२ बजेर १७ मिनेट उप्रान्त तृतीया । नक्षत्र– तिष्य,१३ बजेर ५४ मिनेट उप्रान्त अश्लेषा । योग–विष्कुम्भ,१३ बजेर ०४ मिनेट उप्रान्त प्रिती । करण– तैतिल, ११ बजेर ०९ मिनेट उप्रान्त गर,२२ बजेर १७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ६ बजेर ५७ मिनेटमा, सूर्यास्त १७ बजेर २६ मिनेटमा । दिनमान २६ घडी १० पला । राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्ती –पृथ्वीनारायण शाह स्मृति दिवस।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : चुनौतिका वावजुत पनि राजनीति तथा समाजसेवामा काम गर्नेहरुका लागी राम्रा काम गरेर देखाउन सकिनेछ । विशेष तथा गोप्य योजनाहरु केहिदिनपछि मात्र सार्वजनिक गर्नुहोला । आफन्त तथा अग्रजसँग सैद्धान्तिक बिषयमा राय बाझिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबार तथा प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : आफ्नै मेहनेतले व्यावसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीकोसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइमा मन जानेछ भने पढाईकै सवालमा यात्रा गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : कार्य क्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपुर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेकोछ । नातागोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्ने छन् । व्यापारमा लगानी गरि आर्थिक पक्ष सुदृड बनाउन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । अध्ययनमा अरुभन्दा एक कदम अगाडि भई पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : अनावस्यक विवादले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा समर्थन भन्दा आलोचना बढि हुनेछ । नयाँ प्रवृधिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यमय रहेकोछ । भोगबिलास तथा रमाईलो क्षेत्रमा खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आउनेछ । मनमा दोधार तथा निर्णय क्षमतामा कमि आउनेछ । व्यापारमा प्रशस्त समय लगानि गरेपनि आम्दानि कम नै हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : आम्दानी भन्दा खर्च बढ्नाले दैनिकि असहज हुनेछ । लगानि बढाएपनि आम्दानि कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । पढाई लेखाईमा सोचेजस्तो नतिजा ल्याउन निकैनै मेहनेत गर्नु पर्नेछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय राम्रो रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरि नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यावसाय फस्टाउनाले आम्दानि बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । राज्यको मेकानिजम्भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने जागीर गर्नेहरुका लागी समय उत्तम रहेकोछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : राम्रा तथा परिणाममुखी काम गरि अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्नेहरुले सफलता हात लगाउँन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहकोछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : भौतिक वस्तु तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथिभाईसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : समय मध्ययम रहेकोले घर परिवारमा आन्तरिक कलह बढ्नेछ । प्रेममा रहेकाहरु टाडै बस्नु उचित हुनेछ । व्यावसायमा लगानी कर्ताहरु बिच मनमुटाब सिर्जना हुने योग रहेकोछ । लामो दुरिको व्यावसायिक यात्रामा विलम्व हुनेछ । सवारि साधन तथा अन्य हार्डवयेरसँग सम्बन्धित वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । सचेत नभए ऋण,रोग तथा सत्रुले सताउनेछन् । काममा ढिला सुस्ति तथा अप्रिय समाचारले दैनिकी प्रभावित हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : पढाई लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यावसाय अरुदिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृड हुनेछ । चिठ्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा नकिज हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । आफन्त तथा छोराछोरिको प्रगतिमा मन प्रशन्न हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया