महान रुमीका २० प्रेरक भनाई

काठमाडौं । मौलाना जलालुद्दिन रुमी १३ औँ शताव्दीका कवि हुन् । जसको नाम अहिलेसम्म पनि प्रख्यात छ । उनी सुफी संगीत साधक समेत हुन् । रुमीका कविताहरु विश्वका बिभिन्न भाषामा अनुवादित छन् ।

दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा पनि महत्वपुर्ण मानिने रुमीको जन्म ३० सेप्टेम्वर सन् १२०७ मा भएको थियो । रुमीको जन्म अहिलेको अफगानिस्तानमा भएको थियो ।

पछि उनको परिवार हालको टर्की (कोन्या) मा बसोबास गर्न थाल्यो । आफूलाई अध्यात्म विज्ञानको ज्ञाताका रुपमा परिचित रुमीको मृत्यु डिसेम्बर १८ सन् १२७३ मा टर्कीमा भएको थियो ।

महान रुमीका २० भनाई

१.जबसम्म यो खुल्दैन तबसम्म आफ्नो मनलाई छियाछिया बनाईरहु ।

२.तिमीले भोगेका पीडा मात्र संन्देशवाहक हुन् । यीनलाई सुन्ने मात्र कोशिस गर ।

३.तिम्रो हृदय सागर जस्तै गहिरो छ । आफूलाई त्यो गहिराइमा खोज्ने प्रयास गर ।

४.प्रेमको अगाडि कारणको कुनै शक्ति हुँदैन ।

५.तिमी जहाँ हुन्छौ, जे गर्छाै प्रेममा हुने गर ।

६.हो मलाई थाहा छ तिमी थकित छौ । तर पनि आउ अगाडि बढ किनभने यो नै तिम्रो बाटो हो ।

७.गुडबाई भन्ने तिनीहरुलाई मात्र हो । जसले आँखाले प्रेम गर्छन् । तर जसले हृदय देखि प्रेम उनीहरुको निम्ती बिछोड भन्ने नै हुँदैन ।

८.आफ्नो तर्क बढाउ स्वर होइन । यो ख्याल राख वर्षले फूललाई बढ्न मद्दत गर्ने हो चट्याङले होइन ।

९.जति पनि राम्रा,सुन्दर र आकर्षक बनेका छन् ति हेर्नका लागि मात्र हुन् ।

१०.तिमी जन्मदै पखेटा लिएर उड्न आएका हौ । तव किन जिन्दगी भर घिस्रिन रुचाउँछौ ।

११.कहिल्यै आफूलाई सानो नठान, आनन्दको गतिमा तिमी पनि एउटा ब्रह्माण्ड हौ ।

१२.तिमीले जे खोजिरहेका छौ, त्यसले पनि तिमीलाई खोजिरहेको छ ।

१३.चिन्ता नगर, तिमीले जे गुमायौ त्यो पुनः अर्काे रुपमा तिमीसामु आइपुग्छ ।

१४. हिजो म बाठो थिएँ त्यसैले संसार बदल्न चाहान्थेँ, आज म समझदार भएको छु त्यसैले म आफूलाई बदलिरहेछु ।

१५.कसैले तिमीलाई दुःखी बनाउँछ भने त्यसको वास्ता नै नगर ।

१६.कुनै पनि कुरा टल्काउनका लागि घोट्नै पर्छ ।

१७.यो कुरा विचार गर, तिमी समुद्रको थोपा होइनौ,तिमी थोपा भित्रको एउटा विशाल समुद्र हौ ।

१८. अब तिम्रो विगत कथा जस्तै बनेको छ । आज त नयाँ बिउहरु धमाधम उम्रिदैछन् ।

१९.आफूलाई विश्वास गर्न र आफ्नो मनको कुरा सुन्न सिक्नुहोस् ।

२०.तपाँईले आफूभित्रको सोचाई र संसारलाई आफ्नो चाहना अनुसार राख्न सक्नुभयो भने परिस्थितिहरु तपाँईतिर ढल्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?