काठमााडौं । इरानका लागि बेलायती राजदूत रोबर्ट मैकेयर पक्राउ परेका छन् । उनी आइतबार विश्वविद्यालय बाहिर इरान सरकारविरुद्ध प्रदर्शनमा सरिक रहेका थिए । त्यसैक्रममा मैकेयर पक्राउ परेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जनवरी ८ मा इरानमा भएको युक्रेनी विमान दुर्घटनामा मृत्यु भएकाप्रति समवेदना र इरान सरकारविरुद्धको विरोधसभामा उनको उपस्थिति भएको आरोपमा उनलाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ । तर राजदुत मैकेयरले आफू उक्त विरोध प्रदर्शनमा सहभागी नभएको सञ्चारमाध्ययमलाइ बताउँदै आएका छन् । उनले प्रहरीले आफुर्ला विनाकारण कपाल काट्न रोकिएको समयमा नियन्त्रणमा लिएको दावी गर्दै आइरहेका छन् । साथै उनलाई पक्राउ गरेको ३ घण्टापछि मात्र रिहा गरिएको थियो ।
साथै यता बेलायती विदेशमन्त्री डोमिनिक राबले राजदूत पक्राउको घटनाप्रति निन्दा गरेका छन् । उनले राजदूत पक्राउ गरेर इरानले ुअन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भएको बताएका छन् ।
इरानी सञ्चारमाध्यमहरुले राजदूत सरकारविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।
ू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया