काठमाडौं, ९ माघ । चर्चित हाँस्य कलाकार मनोज गजुरेलले पत्नसँग भएको सम्बन्ध विच्छेदबारे पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका छन् सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सन्ततीको भविष्यका लागि दुवै जना मिलेर अघि बढ्न प्रयत्न गरेपनि त्यो सफल हुन नसकेको र पारिवारिक व्यवस्थापनमा सफल हुन नसकेको भन्दै क्षमा मागेका छन् प्रेम सम्बन्धपछि वैवाहिक सम्बन्धमा जोडिएका यी दम्पत्तिबीच सुरुदेखि नै मतभेद रहँदै आएको समेत खुलासा भएको छ । उनले आफूहरु अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको उल्लेख गरेका छन् सम्बन्धविच्छेद पछि पनि उनले आफूसँग २ दशकभन्दा लामो समय विताएकी श्रीमती मिना ढकाललाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘विवाहपूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको मिठो अनुभूतिका लागि मिनाजीलाइ म अन्तर हृदयबाट धन्यवाद सहित सफलताको कामना ब्यक्त गर्दछु ।’यस्ताे छ उनकाे फेसबुक स्टाटसश्रध्देय शुभेच्छुक महानुभावहरू, सबैमा हृदयदेखि नमन !मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका टिप्पणी, जिज्ञासा र समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ । हामी (मीना ढकाल र मनोज गजुरेल) बिगत दुई दशकभन्दा बढि समयदेखी बैवाहिक बन्धनमा बाँधिएका हौं ।हामीबाट एक छोरा र एक छोरी (मिरोज र मेमोरी) को जायजन्म भएको छ । हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो । हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन सकेनौं । त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गऱ्यौं । यस क्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बांडफांड गरेका छौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया