सवारी चालक लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले सुजुकी ड्राईभिङ स्कुल एकान्तकुनाका सवारी चालक भरत बस्नेतलाई पक्राउ गरेको हो ।
उनले चार पांग्रे सवारी साधनको ट्रायल परिक्षामा पास गराइदिन्छु भनि सेवाग्राहसँग ५ हजार घुस मागेको प्रहरीले जनाएको छ ।
तनहुँको भानु नगरपालिका ६ मुलपानी घर भइ हाल ललितपुरको कुसुन्ती बस्ने उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया