जनकपुर । प्रदेश सरकारले धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा बालुवा, गिट्टी उत्खनन् गरेको विरोध गर्दा हत्या गरिएको दिलिप महतोको परिवारलाई पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई पाँच लाख रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
शुक्रवार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलिप कुमार महतो भन्ने (ओमप्रकाश)को शुक्रबार बिहान टिपर चलाएर हत्या गरिएको थियो ।
यो पनि
दिलिप हत्या प्रकरण : क्रसर व्यवसायी विपिन पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया