ब्रेकफास्टमा के खाने ? चिनियाँबाट खान सिक्ने कि !

काठमाडौं – तपाई कस्तो ब्रेकफास्ट लिनुहुन्छ  ? के हामीले खाइरहेको ब्रेकफास्ट स्वास्थ्यबर्दक छ त ?
यो कुरा चाहिँ मनन गर्नैपर्छ । किनकी छिमेकी देश चीनका मानिसहरु र हामीहरुमा निकै फरक छ । हामी तन्दुरुस्त, निरोगी छैनौं । हामीलाई चाँडै नै बुढ्यौलीले छोप्छ । महिलाहरु एउटा बच्चा पाएपछि बुढी देखिन्छन् । ७० वर्षीय हजुरआमा अमेरिकी जस्तै एक्लै हिँडडुल गर्ने आँट त के कुरुवाको भरमा हुन्छिन् । हजुरबुवा ६० कटेपछि लौरी साथी चाहिन्छ । बालबालिकाहरु किन हट्टाकट्टा छैनन् ? यसमा हाम्रो खानपान शैली पनि जिम्मेवार छ । हो, यो एउटा गम्भिर प्रश्न छ कि नेपालीहरु कस्तो खानामा रुची राख्छन् ? कसरी खान्छन् ?

विश्वमा खान नपाएर भन्दापनि खान नजानेर भोकमरी तथा मोटोपनको सिकार भएका मानिसहरु छन् । नेपाल पनि यसबाट पर छैन । हामी खान पायो भन्दैमा हिमालजस्ता पहाड बनाएर थालीमा भात पस्किन्छौँ । सागपात मन पराउँदैनौँ । हरेक छाकमा मासु अनिवार्य । अनि हाम्रो शरीर कस्तो होला त्यसमाथि खान पाएको बेला अटसमटस भएर खाने र लामो समयसम्मै भोको बस्नाले पनि शरीरिक बनावट बिग्रन्छ । रोगव्याधले च्याप्छ ।

ब्रेकफास्ट के लिने ? 
केहि वर्ष अघिसम्म बिहान एक थाल भात खाएपछि राति एक थाल खाने परिपाटीबाट धेरै नेपाली माथि उठिसकेका छन् । उहिले धेरै नेपालीलाई ब्रेकफास्ट नभइ हुन्न । उनीहरुले ब्रेकफास्ट अनिवार्यजस्तै गरेका छन् । तर ब्रेकफास्ट कस्तो खाने भन्नेबारेमा धेरैलाई थाहा छैन । केहि दोधारमा छन् । केहिले खाएका छन् तर त्यसको महत्व बुझेका छैनन् ।
चियासँग चोपी बिस्कुट कुकिज खाने धेरै नेपालीको बानी हुन्छ । यो बानी हटाउनुहोस् । बिहान खाएको ब्रेकफास्ट र खानाले दिउँसोभरी शरिरलाई फाईदा पुर्याउने भएकोले सफा ताजा, सागपात , फलफूल छुटाउनै हुन्न । यो बुझ्नुपर्छ खाना स्वस्थ्यवर्द्धक एवं पोषिलो हुनैपर्छ । खाना खाने तालिकाको कुरा गर्दा यहाँ एक जापानी भनाई सान्दर्भिक हुनसक्छ । भनाई यस्तो छ, ‘बिहानको खाना आफु खानु, दिउसोको खाना साथीसँग बाढेर खानु र रातीको खाना सत्रुलाई दिनु ।’

बिहान उठ्नेबित्तिकै मनतातो पानी र एक पोटी लसुन खानुहोस् । लसुनले शरीरमा ताप दिन्छ । साथै ग्याष्ट्रिकको समस्या पनि दूर गर्छ ।
पानी वा आवश्यकता अनुसार धनियाँपानी, मेथीपानी, जिरापानी, हट लेमन विथ हनी लिनुहोस्
त्यसको आधा घण्टामा ब्रेकफास्ट लिनुहोस् ।

बिहानै कफि खानुपनि राम्रो मानिदैन ।

इनर्जीका लागि तपाईं गहुँको परिकार खान सक्नुहुनेछ । उसिनेको सिमी पनि स्वास्थ्यको लागि उपयोगी हुन्छ ।

प्याकिङ गरिएको जुस स्वास्थ्यको लागि राम्रो मानिन्न ।

तपाई घरमा अन्डा र स्यान्डविच बनाउन सक्नुहुन्छ ।

टोस्टमा पालक, अन्डा, फल साथै ड्राइ फ्रुट्स खान सकिन्छ ।

हल्काफुल्का खानाको रुपमा फलफूल लिनु उपयोगी हुन्छ ।

ब्रेकफास्ट लिएको करिब १ देखि २ घण्टाको अन्तरालमा खाना खाने ।

नेपालीको खानामा सामान्यतयाः दाल, खाना, तरकारी र अचार हुन्छ । जुन स्वास्थ्य स्थितीको हिसाबले पनि उचित मानिन्छ । तर, साधारणतयाः हामीहरु प्रत्येकको घरमा तरकारी पकाउदा आलु पनि मिसाउने बानी रहेको हुन्छ । आलु खानु गलत नभएतापनि यसमा रहेको कार्बोहाइडेडका कारण यसको धेरै सेवन गरेमा व्यक्तिमा मोटोपनको समस्या देखिन सक्ने हुन्छ ।
सुत्ने समय र अन्तरालको निश्चित समय तालिका बनाउँदा पनि तपाईलाई हलुका ब्रेकफास्टले दिनभर स्वस्थ्य राख्छ ।
झोलिला खानेकुरा, सागपात, फल फूल र उसिनेका खानेकुराले शरीलाई निकै फाईदा पुर्याउँछ ।

चिनियाँको सफा त्वचा, लामो आयू, तन्नेरी देखिने शरीर, हृष्टपुष्ट ज्यान, पेट नलागेको सलक्क परेको शरीरको राज पनि त्यही नै हो । शुभदिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?