काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पछिल्लो समय नाफा बढाउँदै लगेको छ । निगम आर्थिक वर्ष २०६६।६७ देखि २०७०/७१ सम्म निरन्तर घाटामा रहेको थियो । भने आर्थिक वर्ष २०७१/७२ बाट भने निगम नाफामा जान सफल रहेको छ ।
साथै आफु घाटामा रहेपनि कर्मचारीहरुलाई भने बोनस बाढ्छ भन्ने आरोप निगमले खेप्दै आएको थियो । तर अब भने निगमले घाटालाई पुर्ति गर्दै नाफामा पुग्न सफल भएको् छ ।
गत आर्थिक वर्ष २०७५।७६ मा निगमले ५५ अर्ब १ करोड राजस्व तिरेको थियो । भने ३ अर्ब ५८ करोड बराबरको नाफा कमाएको तथ्यांकमा उल्लेख रहेको छ । भने चालु आर्थिक वर्षमा ७ अर्ब ५० करोड नाफा कमाएको छ । भने सरकारलाई ६३ अर्ब ८५ करोड बराबरको राजस्व समेत तिरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ९ दशमलव ९ प्रतिशत रहेको पनि निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया