जनकपुर । आज बस्ने भनिएको प्रदेश २ को प्रदेशसभा बैठक बस्दै नबसी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । प्रदेश २ को बैठक लामो समयदेखि बस्न सकेको छैन् । प्रतिपक्षीको अवरोधका कारण पुस १४ र १५ गते आह्वान गरिएको प्रदेशसभा बैठक पनि बसेको थिएन् ।
यस अधि पुस १७ र २४ गते भनिएको बैठक पनि स्थगित भएको थियो । आज बस्ने भनिएको बैठकसमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरीएको छ ।
कहिले बैठक बस्ने टुङ्गो नलागेपछि स्थाई राजधानि र नामाकरण विषय अन्योलमा परेको छ । त्यस्तै संसदमा दर्ताभएका विधेयकमाथि छलफलसमेत अनिश्चित बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया