कुकुरलाई सडकमा लात हान्नु यी खेलाडीका लागि घातक सिद्ध भयो

काठमाडौं । धावकहरुका लागि बिभिन्न तरिकाका दौड तथा प्रतियोगिताहरु आयोजना गरिन्छ । यसै सिलसिलामा एक जमाई एलेजान्ड्रो नामक खेलाडीले पनि दौड प्रतियोगीतामा भाग लिए ।

उनी सडकमा तिब्र गतिले दैडिरहेका थिए । अचानक उनी दौडिरहेको बाटोमा कुकुर आयो । उनले रेस जित्नको लागि कुकुरलाई जोडले लात हानेर अगाडि बढे । तर उनको यो गैरजिम्मेवारी हरकतले उनी आफैँलाई भारी पर्याे ।

यो घटना कोलम्बिया हो । कोलम्बियाको शान्ट सिल्भेष्टर रोडमा दौड प्रतियोगिता भईरहेको थियो । यो दौडमा जमाईसँगै अन्य धावकहरु प्नि तिब्र गतिमा दौडिरहेका थिए ।

त्यसैबेला अचानक रोडमा कुकुर आइपुग्यो । जमाईले लात्तीले हानेर कुकुरलाई पाखा लगाए,अनि आफू पुनः दौडिन थाले । घटनाको भिडियो कसैले क्यामेरामा कैद गरेको थियो ।

उसले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरे । भिडियो देख्नासाथ मानिसहरु जमाईसँग रुष्ट हुन थाले । तर जमाईले यो घटनाको लागि माफी पनि मागेका थिए ।

जमाईले सोसल मिडियामा एक पोष्ट गर्दै लेखे “म यस्तो गर्न चाहान्न थिएँ । यसको बारेमा म बिल्कुल जस्टिफाई गर्न चाहान्न । काश म यो गल्तीलाई सुधार्न सके । मैले यो हर्कत कसरी गरेँ, सोच्न पनि सक्दिन ।”

र उनको माफीले मानिसहरुलाई चित्त बुझेन । उनको यो हर्कतलाई देखेर एक स्पोटर्स वियर कम्पनीले जमाईसँग आफ्नो इन्ड्रोसमेन्ट डिल क्यान्सिल गरिदियो ।

कम्पनीले भिडियो बाहिरिएसँगै जमाईसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?