जब मोबाइल खोसेर बस चालकले महिलालाई जबरजस्ती गर्न खोजे

काठमाडौँ । ललितपुरको लखनखेल एरियाको सडक पेटीमा व्यापार गर्ने एक महिला सोमबार बिहानै सामान किन्नका लागि न्युरोड हिँडिन् । त्यसका लागि उनी लगनखेलबाट बस चढ्नि । तर बिहानै भएकाले उनी बसमा एक्लै थिइन् । उनी बसमा एक्लै भएपछि चालकले उनलाई दुर्व्यवहार गरेका छन् ।
दुर्व्यहार गर्ने उदयपुर कटारी ५ घर भई हाल भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाललाई महानगरीय प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको छ ।

बा २ ख ९३२४ नम्बरको बसका चालक दाहालले ती महिला सामान लिन सोमबार बिहान ५ः४५ बने लगनखेलबाट न्यूरोड जाने क्रममा दुर्व्यवहार गरेका थिए ।

दाहालले महिला बसमा एक्लै भएको मौकामा मोबाइल समेत नियन्त्रणमा लिइ दुर्व्यवहार गरेको उजुरीको आधारमा काठमाडौँको ढल्कुबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीमाथि जिल्ला प्रशासन कार्यालय ललितपुरबाट दिन ७ को म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?