टोकियो, ९ माघ । जापानको एक स्की रिसोर्टमा हिमपहिरो जाँदा एकजना बेपत्ता भएका छन् भने केही घाइते भएका छन् सो स्की रिसोर्टको नजिकै भएको ज्वालामुखी विस्फोटनले सो हिमपहिरो गएको हुनसक्ने अनुमान गरिएको छ । गुन्मा प्रान्तको केन्द्रमा रहेको कुसाट्स नजिकै भएको घटनामा कम्तीमा १० जना घाइते भएका छन् त्यहाँबाट थुप्रै मानिसहरूलाई त्यहाँबाट उद्धार गरिएको जापानका सञ्चारमाध्यमले जनाएका छन् । कुसाट्स–सिरेन ज्वालामुखी विस्फोट भएका बेला नै हिमपहिरो गएको बताइएपनि त्यसैका कारण हिमपहिरो गएको हो कि होइन भन्ने स्पष्ट भएको छैन मौसमसम्बन्धी संस्थाले हिमाल नचढ्न पनि मानिसहरूलाई चेतावनी दिएको छ । जापानका सञ्चारमाध्यमहरूले चट्टानहरू हावामा उडिरहेका भिडियो सामग्रीहरू प्रशारण गरेका छन् त्यहाँको सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार ज्वालामुखी विस्फोटबाट निस्किएका केही अवशेषहरू हिमालबाट एक किलोमिटर भन्दा तलसम्म झरेका छन्हिमपहिरोबाट उद्धार गरिएकामध्ये ६ जना सेना रहेका छन् । उनीहरु सो क्षेत्रमा अभ्यास गरिरहेका थिए भूकम्पीय दृष्टिबाट विश्वका सक्रिय देशमध्ये जापान पनि एक हो । जहाँ सन् २०१४ को सेप्टेम्बरमा माउन्ट अनटेकमा अचानक विस्फोट हुँदा ६३ जना मारिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया