तरुण दलका जिल्ला अध्यक्ष विष्टले गरे धुर्मुस–सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग

सुर्खेत । नेपाल तरुण दलका सुर्खेत जिल्लाका अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनका अवसरमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५१ हजार १११ सहयोग गरेका छन् । उनले फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ उक्त रकम प्रदान गरेका हुन् ।

अध्यक्ष विष्टले जन्मदिनका अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताए। फाउण्डेसनको बैँक खातामा सो रकम जम्मा गरेको कलाकार विष्टले जानकारी दिएका छन् । साथै, उनले सुर्खेत उद्योग वाणिज्य सङ्घको व्यावसायिक राहत अक्षयकोषलाई पनि सहयोगस्वरुप ५१ हजार १११ प्रदान गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?