एउटै टाउकोमा दुई अनुहार, अनुहारकै कारण आत्महत्या !

काठमाडौं। एउटै टाउकोमा दुईवटा अनुहार सायदै मानिसले देखेका होलान् । टाउकोमा दुई वटा अनुहार भएको मानिस देख्दा पक्कै पनि हामीलाई आश्चर्य लाग्नु स्वभाविकै हो ।

टाउकोको अगाडीको भागमा पनि अनुहार र पछाडीको भागमा पनि अनुहार भएको मानिसको जब जन्म भयो तब सबै चकित बने ।

बेलायती नागरिक एडवर्ड मोर्दकैका जन्मजात नै दुई अनुहार थिए । उनको पछिल्लो अनुहारले हाँस्ने मात्र काम गर्दथ्यो । उनि १९ औँ शताव्दीमा जन्मिएका थिए ।

उनलाई डाक्टरहरुले टाउको छुट्टाउने आश्वासन दिए तर पछि अप्रेसन गर्ने चुनौती मोल्न चाहेनन् । अनुहारको कारण उनी निकै चिन्तित हुन्थे । जसका कारणले गर्दा नै उनले २३ वर्षको अल्पायुमै आत्महत्या गरेका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?