वेन डायरलाई एक प्रसिद्ध लेखक तथा प्रेरक वक्ताका रुपमा चिनिन्छ । उनका पुस्तक विश्वमै धेरै बिक्री हुने पुस्तकहरु मध्येमा पर्छन् ।
वेन डायरको जन्म १० मे सन् १९४० मा भएको थियो । विश्वप्रख्यात लेखकको छवि बनाएका उनको मृत्यु २९ अगस्ट सन् २०१५ मा भएको थियो ।
वेन डायरका यी २० प्रेरक भनाईहरु
१. तिमीले चाहेको कुरा तिम्रै अगाडि छ, मात्र आफ्नो दृष्टिकोण परिवर्तन गर ।
२.आफूलाई आत्मा सहितको शरीर होइन, शरीर सहितको आत्मा सम्झ ।
३.तिम्रो जीवनको कुनै पनि पलमा जादु हुन सक्छ त्यसैले आफूलाई सधैँ तयार राख ।
४.यो गोलो संसारमा तिमी माथि मात्र चढिरहन सक्दैनौ ।
५.तिमीलाई लाग्ला, मलाई अन्य मानिसले दुःखी बनाइराखेका छन् तर वास्तवमा तिमीले नै आफूलाई दुःखी बनाइरहेका हुन्छौ ।
६.तिमीले आफूलाई मन पराउँछौ भने तिमी कहिल्यै एक्लो हुँदैनौ ।
७.स्वर्ग तिम्रो दिमाग र सोचमा मात्र हुन्छ अरु ठाउँमा तिमीले स्वर्ग भेट्टाउँदैनौ ।
८.जब तिमी निर्णय लिनबाट पछाडि हट्छौ,तब तिमी बहानाहरुको संसारमा पुग्छौ र त्यहिँ हराउँछौ ।
९.रिसाउनु नराम्रो कुरा होइन, फरक यत्ति हो कि, तिमीले त्यो रिसलाई कसरी प्रयोग गर्छौ ।
१०. तिमीले आफूलाई कन्ट्रोल गर्न सक्छौ तर परिस्थितिलाई सक्दैनौ ।
११.आफ्नो जीवनको निर्माता, निर्देशक र कलाकार सबै तिमी नै बन ।
१२.यदि तिमीले कसैको मूल्यांकन गरिरहेका छौ भने सम्झ तिमीले आफ्नो बारेमा बताइरहेका छौ ।
१३.आफ्नो महत्व बुझेपछि मात्र तिमीले आत्मसम्मान हासिल गर्छाै ।
१४.नाच्दा स्टेज ओगट्नुलाई आफ्नो लक्ष्य नबनाउ,हरेक तालमा रमाउनुलाई आफ्नो लक्ष्य बनाउ ।
१५.हरेक कुरा पर्फेक्ट खोज्नु भनेको आफूलाई निराशामा धकेल्नु हो ।
१६.हाम्रो दिमाग यो गर्नुहुन्न र यी कुरा असम्भव छ भन्ने मनशायबाट ग्रसित छ ।
१७. हाम्रो व्यवहारले नै हाम्रो वास्तविकता बताउँछ ।
१८.म यथार्थवादी बनौँ र चमत्कारी बनौँ भन्ने इच्छा राख्छु ।
१९.तपाईसँग अहिले पूर्ण शान्ती र आनन्दका लागि आवस्यक सबै कुरा छ ।
२०.समृद्धिका लागि कुनै बाटो छैन, किनभने स्वयं समृद्धि नै बाटो हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया