अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको न्यूरोडस्थित कृषि विकास बैंकको कर्मचारी दीपिका रेग्मीसहित आठजनाविरुद्ध सरकारी रकम दुरुपयोग गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले सो बैंकको नयाँ सडक शाखाकी ट्रेलर सहायक रेग्मीविरुद्ध रु चार करोड २४ लाख १३ हजार ६११ बराबरको हानि–नोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो । आयोगले बैंकका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुङ्गेलविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
यसैगरी बैंकका ऋण शाखा प्रमुख गोपाल गिरीविरुद्ध रु दुई करोड ६१ लाख १९ हजार ४१५, तत्कालीन ऋण अधिकृत सलिल रेग्मीविरुद्ध एक करोड १० लाख ३३ हजार १९६, ऋण शाखाप्रमुख महेश्वर मरहट्ठाविरुद्ध रु ७६ लाख २१ हजार, तारानाथ पाण्डेविरुद्ध रु चार लाख, अवकाश प्राप्त सहायक रथी रमेशनाथ विष्टविरुद्ध रु चार करोड २४ लाख १३ हजार ६११, दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानेविरुद्ध रु दुई करोड ६७ लाख ७५ हजार ४३५ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको छ । उनीहरुले अनधिकृतरुपमा बैंकको रकम निकाली हानि–नोक्सानी पु¥याएर अनुचित लाभ प्राप्त गर्ने उद्देश्यले बैंकको रकम दुरुपयोग गरेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया