इरानले युक्रेनी विमानमा क्षेप्यास्त्र प्रहार गर्नेलाई समात्यो

इरानले युक्रेनी विमानमा क्षेप्यास्त्र प्रहार गर्न जिम्मेवार ठानिएकाहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ गरिएका मानिसको संख्याबारे उल्लेख नगरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
तेहरान विमानस्थलबाट गतसाता उडेको विमान क्षेप्यास्त्र प्रहारका कारण दुर्घटना भएको थियो । दुर्घटनामा ८२ इरानी, ५७ क्यानाडेली ११ जना युक्रेनीसहित स्विडेन, यूके, अफगानिस्तान र जर्मनीका नागरिकको ज्यान गएको थियो ।
न्यायपालिकाका प्रवक्ता गोलामहोसेन स्माइलीले ‘घटनाबारे अनुसन्धान जारी रहेको’ जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?