मुम्बई – चलचित्र ‘पद्मावत्’को मुस्किल सेलाउने छाँट देखिएको छैन । यद्यपि ‘पद्मावत्’ लाई लिएर उनका फ्यानलाई केही खुशीको खबर भने मिलेको छ सुप्रीम कोर्टले भारतको राजस्थान र मध्य प्रदेशको फैसलाको नोटिफिकेसन रिभ्यू याचिकाको खारेज गरेको छ । कोर्टले भनेको छ, ‘फैसलालाई रिभ्यू गरिने छैन, हामीले पहिले नै सबै प्रदेशमा रिलिजको आदेश दिइसकेका छौं ।’कोर्टले के पनि भनेको छ भने फिल्म रिलिज हुनुपर्छ र सुरक्षा दिने काम सरकारको हो । यसका साथै पद्मावत् फिल्मका लागि अर्को खबर पनि छ । फिल्म हेर्नका लागि करणी सेनाले स्वीकार गरेका छन् । सञ्जय लीला भन्सालीले इतिहास नबङ्ग्याएको जिकिर गर्दै आएका छन् भने सेनाले इतिहास बिगारेर फिल्म बनाएको आरोप लगाएका छन् यो फिल्मको ट्रेलर रिलिजदेखि नै तनाब उत्पन्न भएको थियो । अब भने करणी सेनाका प्रमुख लोकेन्द्र सिंहले फिल्म हेर्नका लागि आफू तयार भएको बताएका छन् । उनले निर्देशक हिरानीको निमन्त्रणा स्वीकार्दै चिठी लेखेका छन्, ‘हामी फिल्म हेर्न जानेछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया