काठमाडौं । हाम्रो परम्परा तथा संस्कार अनुसार कुनै पनि काम गर्नु पुर्व हामी साइत हेर्ने गर्दछौँ । माघ महिनामा जुरेका शुभ साईत तथा मुर्हुतहरु यस प्रकार रहेको छ ।
अन्नप्राशन (पास्नी) मुहूर्तहरु
छोराको ६ र छोरीका ५ महिनामा अन्नप्रासन गराउनुपर्दछ । विशेष अवरोध परेमा छोराको ८ र छोरीको ७ महिनामा अन्नप्रासन गराउन सकिन्छ । माघ महिनामा ३ गते शुक्रबार, १३ गते सोमबार, १६ गते बिहीबार अन्नप्राशन मुर्हुत जुरेको छ ।
गृहप्रवेश (घर सर्ने मुहूर्त)
जीवनमा बस्नको लागी एकपल्ट बनाइने घर अवस्य पनि राम्रो होस् भन्ने हामी सबैको चाहना हुन्छ । कुनै अवरोध तथा स्रोत साधनको कमि नहोस् भनेर घर बनाउँदा गृहआरम्भको साइत हेरेर सुरुवात गरिन्छ । घर बनिसकेपछि पनि राम्रो साइत हेरेर प्रवेश गर्यो भने जीवनमा आर्थिक समस्या, पारिवारीक समस्या तथा अन्य कुनै वास्तु दोषबाट मुक्ति मिल्दछ । यसैले तपाईले घर बनाउँनु भएको छ र गृहप्रवेस गर्न खोज्दै हुनुहुन्छ भने माघ १७ गते शुक्रबार बिहान ७ बजेर ३८ मिनेटबाट बिहान ९ बजेर ०५ मिनेटसम्म शुभ रहेको छ ।
पसल खोल्ने मुहूर्त
माघ ३ गते शुक्रबार,१६ गते बिहीबार र १८ गने शनिबार शुभ रहेको छ ।
व्रतबन्ध मुहूर्त
गर्भाधान वा जन्मकालबाट आठौँ वा पाचौँ वर्षमा ब्राह्णहरुको, छैटौँ वा एघारौ वर्षमा क्षेत्रियहरुको, आठौँ वा बाह्रौँ वर्षमा वैश्यहरुको उपनयन वा व्रतबन्धको समय निर्धारित गरिएको छ र कहिएको समयदेखी दोब्बर समयसम्म पनि व्रतबन्ध गर्न सकिने कुरा शास्त्रहरुमा लेखिएको छ । व्रतबन्धको लागि माघ महिनामा ३ दिन जुरेको छ । माघ १२ गते आईतबार,१३ गते सोमबार र १६ गते बिहीबार जुरेको छ ।
बिवाह मुहूर्त
हाम्रो संस्कार वा परम्परा र कानुन अनुसार पुत्र वा पुत्रीको उमेर २० वर्ष लागेपछि विवाहको लाीग योग्य मान्छिन् । विवाहको विभिन्न प्रकार भएपनि घर परिवारको सहमतिमा र केटा वा केटीले एक अर्कालाई मन पराएर गरिने विवाह प्रचलनमा रहेको छ । यदि माघ महिनामा विवाह गर्न खोज्दै हुनुहुन्छ भने निम्न दिनहरु जुरेको छ ।
२ गते बिहीबार दिवा तथा रात्री, ४ गने शनिबार दिवा तथा रात्री, १५ गते बुधबार रात्री, १६ गते बिहीबार दिवा तथा रात्री, १७ गते शुक्रबार दिवा, २१ गते मंगलबार दिवा,२६ गते आइतबार रात्री,२७ गते सोमबार दिवा,२९ गते बुधबार दिवामा विवाहको शुभ साइत रहेको छ ।
रुद्री जुर्ने दिनहरुः
१, २, ४, ६, ७, १२, १६, १७, १८, २०, २३, २४, २५, र २७ गते ।
अग्नि जुर्ने दिनहरुः
२, ४, ५, ७, ९, १२, १४, १६, १८, २०, २२, २४, २७ र २९ गते ।
ज्यो दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया