नेपाल राष्ट्र बैंकले दुई बैंकहरुसँग एक सम्झौता गरेको छ । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक तथा देव विकास बैंकसँग आरटिजिएस प्रणालीसँग सम्बन्धि एक सम्झौता पत्रमा हस्ताक्षर समेत गरेको छ । उक्त समझदारी पत्रमा राष्ट्र बैंकका तर्फबाट कार्यकारी निर्देशक बम बहादुर मिश्र तथा मुक्तिनाथको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सीईयो प्रद्युमान पोखरेलले हस्ताक्षर गरेको हुन् । भने देब बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सीइयो विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यस प्रणाली लागु गरेसँगै बैंकिङ कारोबारमा ग्राहकहरुको लागि सहजता थपिने विश्वास राष्ट्र बैंकले लिएको जनाएको छ । यस प्रणालीको लागु भएसँगै एक बैंक बाट अर्काे बैंकमा रकम हस्तान्तरण गर्नका लागि चेक को प्रयोग गर्नु आवस्यक हुदैँन । आरटीजिएस प्रणाली लागू भएपछि एउटा आदेश पत्रको आधारमा रकम हस्तान्तरण गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया