सुदर्शनको ‘रामकहानी’ मा आकाश अनुबन्ध, नायिकामा फेरि पूजा शर्मा

काठमाडौं, ९ माघ – यही वर्ष चलचित्र ‘म यस्तो गीत गाउँछु’ निर्देशन गरेर व्यावसायिक रुपमा सफलता हासिल गरेका निर्देशक सुदर्शन थापाले चलचित्र ‘रामकहानी’ निर्देशन गर्ने भएका छन् लभस्टोरी चलचित्रमा कमेडीको संयोजन गरी तयार पारिएको फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर बनाउन लागेका हुन् । कमेडी चलचित्रमा जितु नेपाल र केदार घिमिरेलाई केही समयअघि मात्र लिइएको थियो । यही फिल्मका लागि हास्य अभिनेता केदार घिमिरेले दश लाख र जितु नेपालले सात लाख पारिश्रमिक लिएको भन्ने कुराले चर्चा पाएको थियो फागुन १ गतेबाट छायांकन हुने गरी कथामा काम गरिएको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । थापाका पछिल्ला चलचित्रमा पूजा शर्मा नायिकाका रुपमा रहँदै आएकी छिन् भने यो चलचित्रमा पूजा शर्मासँग आकाश श्रेष्ठले जोडी बाँध्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?