११ र १२ को पुरानो कोर्सकालागि मौका परिक्षाको माग

काठमाडौं । अनेरास्ववियूले एक पटकका लागि कक्षा ११ र १२ को पुरानो कोर्षका मौका परिक्षा फारम खुलाउन माग गरेको छ ।

बुधबार सत्तारुढ नेकपा निकट अनेरास्ववियूले राष्ट्रिय परीक्षा वोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई ज्ञापनपत्र वुझाउंदै सो माग गरेका हुन् ।

मुलुक संघीय ढाँचामा गएपश्चात् आएको संरचनागत एवं कार्यक्षेत्राधिकारको बदलावको कारण पुरानो प्रणालीमा रहेर अनुत्तिर्ण रहेका विद्यार्थीहरु मारमा परेकाले एकपटकका लागि मौका परिक्षाको माग गरिएको अनेरास्ववियूका नेता पवन कार्कीले वताए ।

मौका परिक्षाको ब्यबस्थाले विद्यार्थीहरुमा नयाँ अवसर र सम्भावनाको ढोका समेत खोलिने भएकोले एकपटकका लागि तत्काल मौका परीक्षा फारम खुलाउन राष्ट्रिय परीक्षा वोर्ड समक्ष जोडदार माग गर्दछौं –ज्ञापनपत्रमा भनिएको छ ।

वोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले अन्तिम पटकका लागि मौका परिक्षाको फारम खोल्न वोर्ड सकारात्मक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?