ललितपुर । प्रहरीले प्रतिवन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका ललितपुर जिल्ला ईन्चार्जसहित दुई जनालाई पक्राउ गरेको छ ।
विप्लव माओवादीका ललितपुर यूवा संघका सन्तमान तामाङ संयोग र ललितपुर जिल्ला ईन्चार्ज रमेश डंगोल पक्राउ परेका हुन् ।
उनीहरुलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया