सर्जरी गर्दा गुम्यो महिलाको यो खास अंग

काठमाडौं । मानिसहरुले आफ्नो रोगको निवारण गर्न बिभिन्न अंगहरुमा सर्जरी गर्छन् । तर मन लागेको ठाउँमा पनि मानिसहरुले अर्कै देखिन सर्जरीहरु गर्ने गरेका छन् ।

घटना इंग्ल्याण्डको हो । इंग्ल्याण्डकी एक महिलाले स्तनमा बदलाव गर्नको लागि प्लाष्टिक सर्जरी गरेकी थिइन् । यसै सर्जरीका कारण उनले आफ्ना दुबै स्तन गुमाउनु परेको छ ।

२८ वर्षकी जारा राड्रिग्युज गरेकी महिला इंग्ल्याण्मा बस्दै आएकी थिइन् । उनी आफ्नो शरिरसँग सन्तुष्ट थिइनन् । त्यसैले उनले ब्रेस्ट इम्पाल्नट र पेटको मोटाई कम गर्ने सोचिन् ।

त्यसका लागि उनले अगस्ट सन् २०१९ मा सर्जरी गर्न उनी तुर्केको राजधानी इस्ताम्बुल गइन् । त्यहाँ पुगेर एउटा क्लिनिकमा उनले छ हजार पाउण्ड दिएकी थिइन् ।

उनी स्तनको साइज बढाउन चाहन्थिन । उनले ७ घण्टा लगाएर सर्जरी गराइन् । उनी इस्ताम्बुलबाट सर्जरी गरेपछि इंग्ल्याण्ड फर्किइन् ।

तर उनी घर पुगेपछि उनलाई बिभिन्न समस्याहरुले सताउन थाल्यो । उनको बायाँतिरको ब्रेस्ट इम्प्लान्ट इन्फेक्सनका कारण लीक हुन थाल्यो ।

साथै उनको दायाँ तिरको ब्रेस्टमा पनि समस्या आउँन थाल्यो । उनले आफ्नो इन्स्ट्राग्राममा दुई स्तनकै फोटो पोस्ट गरेकी छन् ।

उनले इस्ताम्बुलमा पहिले गराएको सर्जरीमै पुनः सर्जरी गर्ने बताइन् । दोहोर्याएर ब्रेस्ट इम्प्लान्ट गराएर उनी फेरी घर फर्किइन् ।

तर घर जानासाथ उनलाई फेरी त्यस्तै समस्या हुन थाल्यो । उनले क्लिनिकलाई फेरी फोन गरिन् । तर क्लिनिकले फोन उठाउँनै छोडिदियो ।

त्यसपछि उनले इंग्ल्याण्डको एक अस्पतालमा ब्रेस्ट इम्प्लान्ट हटाइदिइन् । साथै उनले दुबै स्तन गुमाउनु पर्याे । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?