ललिता निवासको ११५ रोपनी जग्गा विप्लव समूहद्वारा कब्जा, माफियाका नाइके ढकालको घरमा बम

काठमाडौँ। विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ । सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको जनाएको छ ।

ललिता निवासको राष्ट्रियकरण भैसकेको जग्गा भूमाफियाहरुको चलखेलमा व्यक्तिको नाममा पुगेको भन्दै आफूहरुले कब्जा गर्नुपरेको सो पार्टीको भनाइ छ ।

ललिता निवासको जग्गा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, अन्य भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीको चंगुलमा परी राज्य संचालकहरुले सुवर्णशमशेर राणाको सन्तानबाट नक्कली मोही सिर्जना गरी व्यक्तिको नाममा गरिएको उल्लेख छ ।

विप्लव समूहले मिनबहादुर गुरुङसँग भएको २२ रोपनी, गोयल ग्रुपसँग भएको २१ रोपनी, श्रदा ग्रुपसँग भएको ४ रोपनी, चाचन ग्रुपसँग भएको ४ रोपनी, केडियो ग्रुपसाग भएको ३ रोपनी, शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग भएको २८ रोपनी, विष्णु पौडेलसँग भएको ८ आनासहितका सबै विवादित ११५ रोपनी जग्गा कब्जा गरेको घोषणा गरेको हो ।
विप्लव समूहले सो कब्जा गरिएको जग्गा कसैले कारोबार गरेको पाइएमा पार्टीले कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
यसैबीच विप्लव समूहले सोही प्रकरणका मुख्य डिजाइनर मध्येका एक भूमाफिया शोभाकान्त ढकालको घरमा बम पड्काएको छ । सानो भर्याङस्थित ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो ।

विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको गाडिमा क्षति पुगेको बताइएको छ ।
शोभाकान्तको घरमा विस्फोटको कारण प्रष्ट्याउँदै विप्लव समूहले एक पर्चा पनि सार्वजनिक गरेको छ ।
पर्चामा यस्तो लेखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?