पिउने पानीको हाहाकार : धुरुधुरु रुँदैछन् ‘आमाहरु’

काठमाडौं – सुन्दा अचम्म लाग्ला !  तर बिडम्बना तलको तस्वीरमा यी बालबालिका कर्णालीको फोहोर पानी पिइरहेका छन् ।

कर्णालीको धमिलो पानी पिउँदै दैलेख आठबीस नगरपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका (तस्वीर : रासस )

अधिकांश पहाडी भेगका बस्तीहरुमा पिउने पानीको हाहाकार छ । उनीहरु खोलाका दुषित पानीले प्यास मेट्न बाध्य छन् । यो समस्या आजको होईन बाह्रैमहिना गृहणीले रुनु परेको छ । हो, राजनीतिक दलले चुनावको पहिलो मुद्धा खानेपानीलाई बनाएतापनि वर्षातको भेल होस् वा हिउँद दुषित पाउन उनीहरु विवश छन् ।

‘मलाई लाग्छ पानी हेर्नु जीवन हो। एउटा मानिसले यसबाट धेरै कुरा सिक्न सक्छ।’ चर्चित लेखक निकोलस स्पार्क्सले द नोटबुकमा लेखेका छन्।
‘पानी जीवन हो भनिन्छ।’ लियोनार्दो दा भिन्चीले पानीलाई प्रकृतिको मुख्य शक्ति भनेका छन्। तर विश्वको दोस्रो धनी देश नेपालले काकाकूल दैनिकी बाँच्नुपरेको छ ।

कसरी आयो यस्तो दिन  ?

बढ्दो औद्योगिकरणसँगै उच्च जनसंख्याको चाप मौसम परिवर्तनका मुख्य कारणहरु हुन् । अत्याधिक शहरीकरण र विभिन्न माध्यमबाट निस्किएको धुवाँ मौसम परिवर्तनको अर्को कारण हो यो । कहिले धुवाँ नै धुलो, कहिले हिलाम्मे हिलो, कुन बेला अत्याधिक वर्षा त कहिले चर्किलो घाम कुन बेला के हुन्छ पत्तो पाउनै मुस्किल हुन्छ । यो हुनु नै मौसम परिवर्तन हो । तर लामो समयको अन्तरालमा देखा पर्नु भनेकै जलवायु परिवर्तन हो ।

सन् २००२ मा चितवनमा देखिएको डेङ्गु सन् २०१९ मा काठमाडौंमा कसरी देखा पर्यो, त्यो पनि महामारीको रुपमा फैलिनेगरि रु कारण हो मौसम परिवर्तन अर्थात् ‘क्लाईमेट चेन्ज’ ।

जलवायु परिवर्तनले मौसमलाई मात्र होइन मानव स्वास्थ्यमा पनि निकै नोक्सानी गरेको छ । तराईमा लाग्ने कालाजार, जापनिज इन्सेफलाइटिस, मलेरियाजस्ता रोगहरु बिस्तारै पहाडी र हिमाली जिल्लामा सर्दै गइरहेको बताउँछन् वातावरणीय स्वास्थ्यविद् डाक्टर यादव प्रसाद जोशी ।

“मानिसले गर्ने क्रियाकलापबाट मौसम परिवर्तन हुने गर्छ, हामीले बिभिन्न किसिमबाट निकालेको धुवाँको कारण नै मौसममा परिवर्तन आउँछ” स्वस्थ्यविद् डाक्टर जोशीले भने ।

उनले थपे—हामीले बिभिन्न कामको लागि आगो बाल्ने गछौँ । कतै फोहोर, कतै पराल, कतै बन जंगलको डढेलो, अझ गाउँघरमा त खाना पकाउने काम पनि दाउराबाटै गरिन्छ यिनै धुवाँ निस्किने कुराहरुको प्रयोग कम गर्नु पर्छ ।

दाउराको ठाउँमा गोबर ग्याँस,ग्याँस आदि कुराहरुको प्रयोग गरे वायुमण्डलमा तापक्रम कम हुन्छ हामीले यिनै उपायहरु अपनाएको खण्डमा मात्र हामी मौसम परिवर्तनबाट हुने जोखिमबाट बाँच्न सक्छौँ । जलवायु परिवर्तनसम्बन्धी अध्ययन १० देखि २० वर्षको अन्तरालमा गरिन्छ । नेपालमा पनि १९७१ देखि २०१५ सम्म १० वर्षकै अन्तरालमा गरिएको थियोे ।

सन् २०१६ को अध्ययन प्रतिवेदन अनुसार १ डिग्री तामक्रम बढदा ४।४ प्रतिशत झाडापखालाको बिरामी बढ्ने गरेको पाइएको थियो ।


भविष्यमा के असर गर्ला ? 

वातावरणीय तथा स्वास्थ्यविद् डाक्टर जोशीका अनुसार जलवायु परिवर्तनको मुख्य कारक नै मानवीय क्रियाकलाप हो । यसको नियन्त्रण कुनै एक राष्ट्रले मात्र चाहेर सम्भव छैन । नेपालमा इन्धनको खपत घटाएर विद्युतको प्रयोग गर्न सके यसको असरबाट बच्न सकिने उनी बताउँछन् ।


उनी भन्छन्, “अनावृष्टि, अतिवृष्टि र अल्पवृष्टि जस्ता समस्याले गर्दा हामी विस्तारै अन्धकारतिर धकेलिरहेका छौँ ।

 

हिमालमा हिउँ सकिन्छ र वर्षायाममा पानी परिरहन छाड्छ । एकपटक पानी पर्छ, बाढीले तहसनहस पार्छ । मनसुनमा गडबढी जस्ता समस्या आईरहन्छ । खहरे खोलानाला सुक्दै जान्छन् र सिँचाइ बन्द हुन थाल्छ ।”

मौसम परिवर्तका कारण नै वनजंगलहरु मासिँदै जान्छन् । खोलानालाका मुहानहरु सुक्दै गएका छन् । वनजंगलहरु मासियो भने अक्सिजनको मात्रा कम हुन्छ, त्यसले मानिस स्वयंलाई बाँच्न सकस बनाउँछ । जलवायु परिवर्तनबाट पर्ने असरहरु

पानीको मुहान सुक्दै जान्छ

वनजङ्गल मासिँदै जाने

बिभिन्न रोगहरु देखा पर्ने

खडेरी पर्ने

मरुभूमी हुने

तापक्रम बढ्दै जाने

अत्याधिक चिसो हुने

डढेलो लाग्ने

झाडाडापखाला जस्ता रोगहरु लाग्ने

खाद्यान्न उत्पादनमा कम हुँदै जाने

अनावृष्टि, अतिवृष्टि र अल्पवृष्टि हुँदै जाने

बाढि,पहिरो भूः क्षय जस्ता कारणले भौतिक संरचनाहरु नसिँदै जाने

वनस्पति तथा जीवजन्तुहरु लोप हुँदै जाने

तराईमा लू लाग्ने

 

बच्चा, वृद्धवृद्धा र रोगीहरुको स्वास्थ्यमा झनै असर गर्ने

श्वासप्रश्वासका बिरामीहरुलाई गाह्रो हुने

हिमालको हिउँ पग्लिँदै जाने

नदीहरु सुक्दै जाने

वातावरण मन्त्रालयले यो बारेमा बिशेष छलफल गरि राम्रा विज्ञहरुलाई छनौट गरेर मौसम तथा जलवायु परिवर्तनबारे उचित कदम नचाले अबको केहि वर्षमै मौसममा अत्याधिक परिवर्तन आई अनेक रोगहरुले ग्रसित बनाउने कुनै शंका नरहेको उनले बताए ।

नेपालको अहिलेको जनसंख्या करिब तीन करोड छ । डाक्टरका अनुुसार एक व्यक्तिलाई दिनमा स्वस्थ रहनका लागि ३ लिटर पानीको आवश्यकता पर्छ । बढ्दो जनसंख्या, भूूकम्प, वनविनाश, बिना अध्ययन खनिएका सडकसञ्जाल र वातावरण प्रदूूषणका कारण जलश्रोतको दोश्रो धनी देश नेपालमा पानीका मुुहानहरु सुुक्दै गएका छन् । केहि पहाडी इलाकामा पाँच घण्टा हिँडेर एक गाग्री पानी थाप्न पनि लाइन बस्नपर्ने बाध्यता छ । पानीको हाहाकार भएपछि पहाडी भेगका मानिसहरु बसाईसराई गर्न थालेका छन् । यस्तै अवस्था केहि वर्षसम्म भईराख्ने हो भने नेपालमा पानी पिउन नपाएर मानिसहरुले काकाकुल जीवन महशुस गर्नुपर्नै दिन धेरै टाढा छैन ।

यो गम्भीर विषय हो ।

काकाकुल बन्दैछ काठमाडौं पनि
वर्षौदेखि भाका फेरिएको मेलम्चीको पानी काठमाडौंबासीका लागि ‘आकासको फल आँखा तरी मर’ भने झै भएको छ ।

२०४७ सालमा कृष्णप्रसाद भट्टराईले चुनावी एजेन्डा बनाएको मेलम्चीबाट पानी आउने आशामा काठमाडौंबासीले दुई दशक कुरिसके । सिन्धुपाल्चोक जिल्लाको दक्षिण पश्चिम भुभागमा अवस्थित मेलम्ची खोलाबाट पानी ल्याउने काम शुरु भएको २ दशक बितिसकेको छ । तर अँह, पानी आउन सकेन । काठमाडौंले मेलम्चीको पानी आउने हल्लाकाबीच १९ वटा सरकार देख्यो ।

अनेक खालका शासन व्यवस्था देख्यो तर उपलब्धि शून्य । मेलम्चीको पानी आउने हल्लाको बीच मुलुकको शासन व्यवस्था राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश समेत गरिसकेको छ । तर मेलम्चीले आफ्नो छिमेकी जिल्ला काठमाडौं बासिको प्यास मेटाउन नसक्नु राजनीति गर्नेहरुको लाचारीपन सिवाय केही होईन । २०४७ सालमा नेपालका तत्कालीन प्रधानमन्त्री स्वर्गिय कृष्ण प्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर काठमाडौंको जमिन पखाल्ने घोषणा गरेसँगै मेलम्ची खानेपानीको सपना साँचेको हो, काठमाडौले ।

करिव २७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि २ दशक भन्दा बढि समय बितिसकेको छ । काठमाडौंमा मानिसहरुको चापसँगै बढ्ने शहरीकरण र बढ्दो मागलाई मध्य नजर गर्दै भट्टराईले पानी ल्याउने संकल्प गरेका थिए । मेलम्चीको पानी ल्याउनका लागि सरकारले २०५५ सालमा मेलम्ची खानेपानी विकास समिती गठन गरि काम शुरु गरेको थियो । यतिका अवधीमा नेपालमा १९ पटक सरकार परिवर्तन भइसकेको छ । साथै त्यसको नेतृत्व गर्दै १९ जना प्रधानमन्त्रीका कुर्सीमा विराजमान भए तर मेलम्चीको पानीले काठमाडौंमा प्रवेश गर्ने सौभाग्य कहिल्यै पाउन सकेन । सरकारसँगै २४ जना मन्त्री साथै २९ जना समितीका अध्यक्ष फेरिएका छन् तर काठमाडौं पानीको अभावमा प्याकप्याक छ । देशको केन्द्रिय राजधानी काठमाडौंमा दिनानुदिन मानिसहरुको चाप बढ्दो क्रममा छ ।

तस्वीर गूगल

मानिसको चाप बढेसँगै पानीको हाहाकारलाई कम गर्न २०४७ सालमा घोषणा भइ ०५५ सालमा समिती गठन भएको थियो । त्यसको ३ वर्षपछि अर्थात २०५८ सालमा मात्र एशियाली बिकास बैंकको सहयोगमा निर्माणको काम शुरु भएको थियो । काठमाडौंका जनताको दुखसँग जोडेर हेरिने उक्त आयोजनालाई २०६५ सालमा डा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा राष्ट्रिय गौरवको आयोजना घोषणा गरेका थिए । उक्त आयोजना निर्माण पश्चात् काठमाडौंको पानीको हाहाकार केही मात्रामा कमि हुनेछ । तर यो पानी आउँछ कहिले त्यसको टुंगो छैन ।

देशको केन्द्रिय राजधानीको रुपमा रहेकाले काठमाडौंमा जनघनत्व एकदम धेरै छ । हाल काठमाडौंको जनसङ्ख्या ४० लाख हाराहारीमा छ ।

जसको लागि आवश्यक पर्ने अति आवश्यकिय कुरा हो, पानी । काठमाडौं उपत्यकामा दैनिक पानीको माग ३६ करोड लिटर भन्दा बढि रहेको उपत्यका खानेपानी लिमिटेडको तथ्यांकले देखाएको छ । जस अनुसार आपुर्ती भने सुख्खायाममा पानीको दैनिक ९ करोड लिटर तथा बर्खायाममा साढे १५ करोड लिटर मात्र पानीको आपुर्ती हुने गरेको छ ।

तर खानेपानीको हाहाकार समस्या समाधानको लागि भन्दै अघि सारिएको राष्ट्रिय गौरवको आयोजनाको पुर्णता पाउन नसक्दा समस्या झन् झन् जटिल बन्दै गइरहेको छ । प्रत्येक व्यक्तिका लागि दैनिक औषत १५० लिटर पानीको आवश्यकता पर्छ । तर हालको अवस्था हेर्ने हो भने काठमाडौंको दैनिक आवश्यकता पुरा गर्नका लागि अझै ५२ करोड ५० लाख लिटर पानीको आपुर्ती गर्नुपर्ने देखिन्छ ।

२०५८ मा निर्माण थालिएको मेलम्चीको लागि धेरै निर्माणकर्ताहरुले काम थालेर बिचैमा काम रोकेका छन् । जसलाई नै काम ढिलाई हुनुको प्रमुख कारणको रुपमा मानिन्छ । १० वर्षे जनयुद्ध, राजनीतिक अस्थिरता तथा राजनीतिक अस्थिरताको कारण परिवर्तन भइरहने नेतृत्व र तीनैसँग फेरिने मन्त्रीहरुका कारण पनि काकाकूल काठमाडौंले मेलम्चीको पानी उपभोग नपाउनुको मूख्य कारण मानिन्छ ।

नेपालले दुई वर्षअघि मात्र राजनीतिक रुपमा स्थिर सरकार पायो । तर बहुमत पाएको सरकारले समेत यसलाई कहिले पुरा गर्ने भन्ने कुराको टुङ्गो लगाउन सकिरहेको छैन । हाल खानेपानी मन्त्री विना मगरले मन्त्रालयको नेतृत्व गरेको पनि २ वर्षभन्दा बढि भइसकेको छ । तर काममा भने परिवर्तन आउन नसकेको जानकार बताउँछन् ।

त्यसो त मेलम्चीको पानी ल्याउनको लागि समेत राजनीतिक चलखेलको दाउपेचलाई समेत मूख्य कारणको रुपमा हेरिएको छ ।

मन्त्रालयको जिम्मेवारी राम्रोसँग पुरा गर्न नसकेको भन्ने चौतर्फी आलोचना खेपेकी खानेपानी मन्त्री मगर गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तन गर्न चाहेको मन्त्रीको सूचीमा थिईन् । चौतर्फी विवाद हुँदा पनि उनलाई मन्त्रीबाट नहटाइनुमा परिवारवादको ठुलो खेल भयो भन्ने चर्चा चलेको थियो । मन्त्री मगर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको बुहारी हुन् । प्रधानमन्त्री ओलीले मन्त्री परिवर्तन गर्ने भन्ने कुरा चलिरहदा परिवर्तन हुने नाममा उनको नाम अगाडी रहेको थियो । प्रचण्डकै एकाघरको मान्छे भएका कारण उनलाई नहटाउन दबाबका कारण पनि मन्त्रीमण्डल पुर्नगठनमा ढिलाई भएको भन्ने तर्क राजनीतिक वृत्तमा ठुलै चर्चा चलेको थियो । मेलम्ची आयोजना निर्माण हुन नसक्नुमा राजनीतिक दाउपेचलाई मुख्य कारणको रुपमा हेरिन्छ । यस भन्दा अघि ९र९ महिनामा परिवर्तन भइरहने मन्त्रीहरुले मन्त्रालय छिर्दा यति काम सक्छु भनी प्रवेश गर्ने तथा निस्किँदा विभिन्न बाहानाबाजी गरेर पन्छिने परिस्थिती हामीले देखेकै हो ।

त्यहि कारणले गर्दा पनि मेलम्चीको पानीले काठमाडौंको प्यास मेटाउन सकेन । नेताहरुले काठमाडौंबासीका लागि प्रत्येक पटकको चुनावमा मुख्य एजेन्डा बनाएर अघि सार्ने मेलम्चीको हालसम्म ९५ प्रतिशत काम भएको छ । बहुप्रतिक्षित मेलम्ची आयोजनाको आशैआशामा काठमाडौंबासीले गुजारेको दुई दशक निकै दर्दनाक छ । जनजनको पीडा बुझ्ने क्षमता छ भन्दै कुुर्सीमा आसिन हुनेहरुले यसपालीको असारे भाका नसारुन् । र काठमाडौंबासीको ओठमुख नसुकाउन् ।

के भन्छिन् मेलम्चीको विषयमा मन्त्री बिना मगर ? 


चौतर्फी आलोचना तथा काठमाडौंको तिर्खा कम गर्ने शेतुको रुपमा रहेको मेलम्ची आयोजनाको काम छिटो भन्दा छिटो सक्नका लागि मन्त्री मगरले निर्देशन दिएकी छन् । मन्त्रालयमा एक छलफलको कार्यक्रम आयोजना गरि मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको पछिल्लो अवस्थाको बारेमा जानकारी लिँदै सम्बन्धीत निकायलाई यस्तो निर्देशन दिएकी हुन् ।          सबै तस्वीरहरु एजेन्सीको सहयोगमा :
रासस /ब्राईट साईडबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?