दुर्गा प्रसाईँविरुद्ध वारेन्ट जारी, मेडिकल मालिक फरार

काठमाडौं । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईलाई अनुसन्धानकालागि पक्राउ गर्न अनुमति दिएको हो ।

उनीविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले अदालतमा मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानकालागि प्रसाईलाई पक्राउ गर्न अदालतलाई अनुमति मागेको थियो ।

प्रसाईंलाई पक्राउ गर्ने अनुमति जिल्ला अदालतबाट लिइएको भक्तपुर प्रहरीले जनाएको छ । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

अदालतको अनुमति लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि उनी भने नभेटिएको प्रहरीले जनाएको छ । उनी फरार छन् । पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग घुस मागेको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?