काठमाडौं । कृषि विकास बैंकले ऋणपत्र जारी गर्नका लागि अनुमती पाएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको हो । बैंकले प्रतिएकाइ १ हजार रुपैयाँको करिव २५ लाख एकाई ऋणपत्र बिक्रिका लागि अनुमती पाएको हो ।
त्यस्तै उक्त ऋणपत्रमा वार्षिक १० दशमलव ३५ प्रतिशत व्याजदर पाइनेछ । भने बैंकले ७ अर्ब अवधीको लागि २०८३ नाममा ऋणपत्र जारी गर्न लागेको छ ।
बैंकले अनुमती पाएको २५ लाख मध्ये १० लाख एकाइमात्र सर्वसाधारणको लागि खुला गरिने जनाएको छ । भने बाँकी १५ लाख बैंकले आफ्नै पहलमा अन्य बैंक तथा वित्तीय संस्थालाई बिक्रि गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया