काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
नेकपामा सभामुखबारे अन्यौलता कायम नै छ। भेटमा लामो समयदेखि अन्यौल बनेको सभामुखबारे छलफल हुने स्रोतको दावी छ। सभामुखमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई अघि सारेका छन्। यस्तै, अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई प्रस्ताव गरेका छन् ।
गत शनिवार प्रचण्डको अध्यक्षतामा बसेको नेकपाको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन गरेको थियो। तर, उपसभामुख तुम्बाहाङ्फे सभामुखको उम्मेद्वारी टुंगो नलाग्दासम्म राजीनामा नदिने अडानमा छिन् ।
यो पनि पढ्नुहोस्
सभामुख पदका लागि दुई लिम्बुको दाबी, अन्यको सम्भावना कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया