प्रधानमन्त्री र प्रचण्डबीच सकियो भेटवार्ता, के भयो कुराकानी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड बिहान बालुवाटार गएका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सभामुख चयनका विषयमा कुराकानी भएको थियो । नेकपाभित्र सभामुख चयनका विषयमा मतभेद भइरहेका बेला दुई अध्यक्षबीच पाँच दिनपछि बिहीबार कुराकानी भएको हो ।

गत आइतबारदेखि उनीहरुबीच भेट भएको थिएन । नेकपामा सभामुखबारे अन्यौलता कायम नै छ। भेटमा लामो समयदेखि अन्यौल बनेको सभामुखबारे छलफल समेत भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई भावी सभामुखमा अघि सारेका छन्। यस्तै प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई प्रस्ताव गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?