चिप्लेढुङ्गा । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छिन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन् । हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिए ।
पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १।६ किलो तौल, दोस्रो छोरा १।३ किलो तौल, तेस्रो छोरी १।३ किलो तौल र चौथो छोरी १।४ किलो तौलका रहेका छन् । डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया