भ्रमण वर्ष : मध्यपहाडी लोकमार्गको मोटसाइकल यात्रा १६ दिनमा पुरा

पाँचथर । भ्रमण वर्ष २०२० सफल पार्न पाँचथरको टोलीले आफ्नो भ्रमण पुरा गरेको छ । पुस १६ गतेबाट सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा मोटरसाइकल यात्रा माघ २ गते यात्रा पुरा भएको यात्रामा सहभागी सञ्चारकर्मी छवी चापागाईँले जानकारी दिए ।

‘नेपाल यात्रा २०७६’ को टोलीले मध्यपहाडी लोकमार्गको सुरु विन्दु पाँचथरकै चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्मको यात्रा १६ दिनमा पुरा गरेको हो । बिहीबार उक्त टोली बैतडीको झुलाघाट पुगेर यात्रा पुरा गरेको टोलीका अगुवा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश १ कमिटी सदस्य हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले जानकारी दिए ।

उनले भने ‘हामिले लिएको समग्र लक्ष्य भन्दा राम्रो भ्रमण भयो । लोकमार्गले छोएका सबै जिल्लामा १ नम्बर प्रदेश घुम्ने निम्तो बाडिएको छ । यसले पर्यटन प्रवर्दनमा पक्कै टेवा पुग्नेछ । उनले थपे–‘यात्राले सबै जिल्लामा आम युवाहरूलाई सिर्जनसिल ढंगले सोच्न र काम गर्न उत्साहित बनाएको छ । यात्रा साहासीक थियो । अनि कष्टपुर्ण पनि तर, सफल भयौं उत्साहित र खुसी छौ ।’ भ्रमण टोलीले लोकमार्गसँग जोडिएका हरेक जिल्लाका सदरमुकाम तथा स्थानीय तहका केन्द्रहरुमा स्थानीय सरोकारवालाहरुसँग अन्तरकृया समेत गरेको नेम्वाङले बताए ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग पाँचथरबाट सुरु भई सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाटमा पुगेर टुङ्गिएको छ । यस लोकमार्गको कूल लम्बाइ एक हजार ७७६ किलोमिटर रहेको छ । छवटा मोटरसाइकलबाट यात्रा पुरा गरेको गरेको हो । उक्त टोलीमा नेकपाका प्रदेश कमिटी सदस्य नेम्वाङसहित पत्रकारहरु गिरिराज बाँस्कोटा, छवि चापागाईं र दीपक बोहोरा तथा युवा नेताहरु दीपक दुलाल, जलकुमार तामाङ, सुमन लामा, धनकुमार लावती, पवीन माखिम, रुपेन्द्र घिसिङ र तुलाराम रिमाल रहेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न मध्यपहाडी लोकमार्गको मोटरसाइकल यात्रा गरिएको नेता नेम्वाङको भनाई छ । भ्रमणले मध्यपहाडी लोकमार्गले छुने २३ वटा पहाडी जिल्लाका करिब २ सय १५ बस्तीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीयलगायत समग्र पक्षको प्रचारमा सहयोग पुर्याउन मोटरसाईकल यात्रा गरिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?