काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच छलफल सुरु भएको छ । सभामुख कसलाई बनाउने भन्ने विषयमा उनीहरुबीच छलफल सुरु भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ ।
हिजो पनि दुई अध्यक्षबीच छलफल भएको थियो । दुई अध्यक्षबीच दुई घण्टा छलफल भएपनि निष्कर्षमा पुगेका थिएनन् ।
आज सभामुख बनाउने विषयको निष्कर्ष निकाल्ने वालुवाटार स्रोतले जनाएको छ ।
ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउने प्रस्ताव गरेका थिए। पूर्वमाओवादी पक्षले भने सभामुख पद आफ्नो भागमा परेको भन्दै प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गर्दै आएको थियो ।
सोहि विषयलाई लिएर लामो समयदेखि सभामुख चयन हुन सकिरहेको छैन् । प्रधानमन्त्री ओलीलले पूर्व माओवादीलाई दिन सकारात्क रहेको स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया