बैंकको ऋण तिर्न नसकेको भन्दै सुसाइड नोट लेखेर वडाध्यक्षले गरे आत्महत्या

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काले आत्महत्या गरेका छन् ।

६८ वर्षीय खड्काले भारतको बहराइच पुगेर एक होटलमा आत्महत्या गरेका हुन्। उनले पुस २९ गते विष सेवन गरी आत्महत्या गरेका हुन् ।

उनले बैंकको ऋण तिर्न नसकेकाले आत्महत्या गरेको उल्लेख गर्दै सुसाइड नोट लेखेका थिए ।

खड्काले आत्महत्याको लागि उपयुक्त स्थान भारतको बहराइचस्थित शंकर होटल देखेको हुँदा त्यहाँ आएर विषादी सेवन गरेको भन्दै होटल साहुलाई केही पनि दुःख नदिन आग्रहसमेत गरेका छन्।

जाजरकोटबाट बसाइँ सरेर कोहलपुर आएका वडा अध्यक्ष खड्का पुस २९ गते बिहान ७ बजेतिर सुर्खेतको मेहलकुना जान भनी घरबाट निस्केको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?