जनकपुर । मुख्यमन्त्री र मन्त्रीको तस्वीरमा जुत्ता हान्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधामको जिरोमाइलबाट मुख्यमन्त्री, मन्त्री लगायतका फोटामा जुत्ता प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश २ का विभिन्न मन्त्रालयका उपभोक्ता समितिमार्फत् भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै प्रदर्शन भएको थियो । शुक्रबार जनकपुरधाममा प्रदर्शनसँगै तस्वीरमा जुत्ता प्रहार गरेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्थानीय विमलेश चौधरी, शंकर साह, रोशनसिंह राजपुत र रोशन ठाकुर रहेका छन् ।
प्रदर्शन गरिरहेको उपभोक्ता समितिले मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरूको तस्वीरमा सार्वजनिक स्थलमै जुत्ता प्रहार गर्न लागेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई तत्कालै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको छ। विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत् वितरण गरिएकाकरिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।
प्रदेश सरकारले बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि उपभोक्ता समिति आन्दोलनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया