काठमाडौं । धादिङको बेनीघाटस्थित त्रिशूली नदीको झोलुङ्गे पुलबाट परिवारसहित हाम्फालेका विनय लामिछानेको घरमा सुसाइड नोट फेला परेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले लामिछानेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको जनाएको छ ।
सुसाइड नोटमा विनयले कमोडिटी अनलाइन व्यापार गर्न भन्दै आफन्तहरुसँग ऋण लिएको व्यापार सफल नभएपछि आफू एकदमै तनावमा रहेको बताएका छन् । विनय स्थानीय सरकारी स्कुलमा अध्यापन गराउँथे ।
विनयले घरमा छोडेको सुसाइड नोटमा लेखिएको छ– ‘कमोडिटी व्यापारमा डुबेको पैसा तिरेर सकिँदैन, अब बाँच्नु को अर्थ रहेन ।’ प्रहरीका अनुसार सुसाइड नोटमा विनयले कसैलाई पनि आरोप लगाएका छैनन् ।
त्रिशूलीमा हाम्फलेका विनयको जीवितै उद्दार भएको छ भने श्रीमती जमुनाको भने मृत्यु भएको छ । दुई नाबालक छोराहरु भने हालसम्म बेपत्ता छन् । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गत जनवरीमा ४ जमुनाले लेखेको त्यो स्टाटस
उनीहरुले आत्महत्या गर्नुपर्ने कारण खुलेको छैन । यद्यपि जमुनाले फेसबुक स्टाटसमा लेखे अनुसार मिटर ब्याजमा रकम लिएको र सोको ब्याज र साँवा भुक्तानी गर्न रकमधनीले दवाव दिएपछि सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
यो पनि
त्रिशूली नदीमा परिवारसहित हाम्फालेका लामिछानेको जीवितै उद्धार, श्रीमतीको शव फेला, २ छोरा अझै बपेत्ता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया