काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारिमा रहने अनुमान गरिएको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले शुक्रवार पत्रकार सम्मेलन गरि यस्तो आंकलन गरेको हो । आइएमएफद्वारा प्रकाशित आर्टिकल फोर मिशन प्रत्येक वर्ष नेपाल नेपाल आई सर्वेक्षण गर्ने गरेको छ ।
चालू आर्थिक वर्षमा छिमेकी मुलुक भारकतमा आर्थिक मन्दी देखिएको छ । साथै विप्रेषण आप्रवाहमा आएको कमी तथा कमजोर कृषि उत्पादनका कारण आर्थिक मन्दीको अवस्थामा रहेको जनाएको छ । नेपाली अर्थतन्त्र भारतीय अर्थतन्त्रमा प्रभाव रहने गर्दछ । त्यसैकारण नेपाल सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हाराहारीमा पुर्याउने लक्ष्य राखिएपनि त्यसैको प्रभावका कारण लक्ष्यमा पुग्न नसकिने आइएमएफले जनाएको छ ।
हाल नेपालमा भएको राजनीतिक स्थिरता, विद्युत आपूर्ती, विकास निर्माण तथा पुनर्निमाणको लागि भएका कामहरुका कारण अर्थतन्त्र सकारात्मक दिशामा रहेको अध्ययनले देखाएको छ ।
भने चालु आर्थिक वर्षमा कर्जा प्रवाहमा सुधार, विदेशी मुद्राको सञ्चिति तथा पूँजी खातामार्फत घाटा सुधार हुनुले पनि अर्थतन्त्र सकारात्मक दिशामा गइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया