काठमाडौं । गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी काठमाडौं प्रहरीमा दर्ता भएको छ ।
प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको हो।
यतिबेला गायिका राउत फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाहेरी दर्तासँगै राउतको खोजी गरीएको छ ।
प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई नै जाहेरी मानेर प्रहरीले राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दा दर्ता गरेको हो ।
यो पनि
आस्था राउत प्रकरणमा बोले दीपकराज गिरी
आस्था राउतले रुँदै मागीन् माफी
गायिका आस्था राउत विवादमा तानिईन्, अन्ततः माफि माग्नुपरेको भिडियोमा के छ ? भिडियोसहित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया