काठमाडौं । आइफिल टावर फ्रान्सको राजधानी पेरिसमा रहेको ऐतिहासिक टावर हो । यसको निर्माण गर्न २ वर्ष लागेको थियो । (सन् १८८७ देखि सन् १८८९) राजधानी पेरिसमा अवस्थित यो टावर हेर्न वर्षेनी लाखौं पर्यटक आउने गर्छन् । पेरिस शहरलाई ‘सिटी अफ लभ’ भनेर पनि चिनिन्छ । वार्षिक रुपमा संसारमा सबैभन्दा बढि पर्यटक भित्रिने देश फ्रान्स हो ।
युरोपमा रहेको फ्रान्समा धेरै महत्वपूर्ण सहरहरू छन् जस्तै पेरिस, आभिग्नोन, वोधु, लिज्ये, लिवोन, मार्सेइ , बोर्दो , र तुलुज । स्याम्प डी मार्समा सीन नदीको तटमा अवस्थित यो टावर विश्वमा उल्लेखनीय निर्माणहरु मध्येको एक हो । आइफिल टावर फ्रान्सको संस्कृतिको प्रतिक हो ।
आइफिल टावरको रचना गुस्ताभ आइफिलद्वारा गरिएको हो र उनैको नाममा यस टावारको नामकरण गरिएको हो । आइफिल टावरको रचना सन् १८८९ को विश्व मेलामा गरिएको थियो । जति खेर आइफिल टावरको निर्माण भएको थियो त्यति बेला यो संसारकै सबैभन्दा अग्लो टावर रहेको थियो । यसको टावरको उचाईं ३२४ मीटर छ, जुन पारम्परिक ८१ तल्ले भवनको उचाईंको बराबर रहेको छ ।
यो टावर पर्यटकको लागि ३६५ दिन खुल्ला गरिएको छ । यो टावर पर्यटकहरु द्वारा टिकट किनेर हेरीएको संसारकै सबैभन्दा अग्लो भवनको श्रेणीमा पहिलो स्थानमा रहेको छ । फ्रान्सेली क्रान्तिको सम्झनामा यो टावर बनाइएको हो । टावर बनाउँदा २० वर्षपछि यसलाई भत्काउने योजना थियो । तर, यसको लोकप्रियता निकै बढेपछि ढालिएन र जुन आजसम्म पनि छ ।
हेर्नुहोस् आइफिल टावरको सुन्दरता :
एजेन्सी
तस्वीर : गूगल
यो पनि पढ्नुहोस् :
बदाम खाको सुन्तला छोडाको, बदाम र सुन्तला खानुका फाईदाहरु (फोटोफिचर)
आरोग्य देव पशुपतिनाथ स्भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो (१७ फोटोमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया