सभामुखबारे अध्यक्षद्वयबीच सहमति जुट्यो, ४ बजे सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुख कसलाई बनाउने भन्ने सहमति जुटेको छ।

आज बालुवाटारमा भएको पार्टी अध्यक्षद्वयको छलफलले सभामुखको विषयमा सहमति जुटेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख चयनको विषयलाई लिएर केही दिन अघिदेखी नै दुई अध्यक्षबीच छलफल चलिरहेको थियो ।

आजको छलफलले भने सभामुख कसलाई सभामुख बनाउने भन्ने विषयमा सहमति भएको बुझिएको छ ।

उनीहरुले नाम भने सार्वजनीक गरेका छैनन् । यसकालागि आजै ४ बजे सचिवालयको बैठक बोलाइएको छ । सचिवालय बैठकले अनुमोदन गरेपछि सभामुखको नाम सार्वजनिक गर्ने बताइएको छ ।

यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सुचना टाँसेर स्थगित भइसकेको छ ।

पुस ४ गते संसदको हिउँदे अधिवेशन शुरु भएको भएपनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?