काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्रि गर्न लागेको छ । राष्ट्र बैंकले सार्वजनिक ऋण व्यवस्थापन विभागले माघ ६ गते सोमबार टे्रजरी बिक्रि गर्न लागेको हो ।
बोलकबोल प्रक्रियाबाट जारी गर्न लागिएको उक्त ट्रेजरी ९१ दिन अवधीको रहेको छ । यस अघि पनि पौष २८ गते ९१ दिन अवधीको ८ अर्ब बराबरको ट्रेजरी जारी गरेको थियो । भने १ वर्ष अबधीको लागि ६ अर्ब बराबरको ट्रेजरी जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ प्रक्रियाबाट उक्त प्रक्रियामा सहभागि हुन सकिनेछ । राष्ट्र बैंकले सोमबार जारी गर्न लागेको ट्रेजरी भने बैंक तथा वित्तीय संस्थाले खरिद गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया