काठमाडौं । भनिन्छ आवस्यकता नै आविष्कारको जननी हो । तर आवस्यकता कहिल्यै सकिँदैन । यिनै आवस्यकता पुरा गर्नको लागि वैज्ञानिकहरु बिभिन्न नयाँ-नयाँ आविष्कार गरिरहेका छन् ।
जसले समयका साथ साथै विश्व नै बदलीरहेको छ । तर केहि आविष्कार भने यस्ता छन् जसलाई संसारभरका मानिसहरुमा लोकप्रिय बनेका छन् । तर आविष्कार गर्नेहरु भने यसबाट खुसी छैनन् । उनीहरु आफ्नो आविष्कारबाट पछुताईरहेका छन् ।
यी हुन् विश्वका १२ लोकप्रिय आविष्कार
१. अफिस क्युबिक्लेस
कर्यालयमा क्युबिलेक्सको व्यवस्था सन् १९६४ मा डिजाइन गरिएको थियो । यो डिजाइन रोबर्ट प्राप्स्टले गरेका थिए । रोबर्टले आफ्नो डिजाइनलाई एक्शन अफिस भनेर नाम दिएका थिए ।
एक्शन अफिस कर्मचारीहरुको सतर्कताका साथै उत्पादकतामा वृद्धि होस भनेर बनाइएको थियो । तर लोकप्रिय क्युबिकल्सको यस व्यवस्थाको अनुसन्धान भएको ३३ वर्षपछि सन् १९९९ मा रोबर्टले खुल्ला र ठूलो कार्यालयमा क्युबिकल राख्नु पागल पन भएको बताएका थिए ।
२.डायनामाइट
डायनामाइटको आविष्कार स्वीडिस वैज्ञानिक अल्फ्रेड नोबेलले गरेका थिए । उनकै नामबाट अहिले नोबेल पुरस्कार दिने गरिन्छ ।
आफैले गरेको यो आविष्कारबाट झनै युद्धलाई उत्साहित गरेको भन्दै स्वयं वैज्ञानिक नै यो आविष्कारबाट हतोत्साहित भएको इतिहासकारहरु बताउँछन् ।
उनले आफ्नो आविष्कारबाट हुने नोक्सनबारे भरपाई गर्नको लागि नोबेल शान्ती पुरस्कारको शुरुवात गरेका थिए । पहिलो विश्वयुद्धमा डायनामाइटका कारण भएको क्षति देख्न अगावै अलफ्रेड नोबेलको मृत्यु भएको थियो ।
३.एटम बम
अमेरिकाको मेनहटन प्रोजेक्टको देन हो एटम बम । यो प्रोजेक्टको नेतृत्व राबर्ट ओपनहाइमरले गरेका थिए । जसलाई एटमबमका जनक भन्ने गरिन्छ ।
पहिले ओपन हाइमर आफ्नो यो सफलतामा धेरै खुसी थिए । उनले संसारको सबैभन्दा पहिलो हतियार पत्ता लगाएका थिए । तर पछि उनी आफैँ यो परामाणु बनाएकोमा चिन्तित थिए ।
यो हतियारमा प्रतिबन्ध लगाउन उनले सरकारसँग माग गरेका थिए । सन् १९४५ मा तत्कालिन राष्ट्रपति ह्यारी एस ट्रुमेनसँग भेटेर उनले यो हतिरमा प्रतिबन्धभ लगाउन माग गरेका थिए ।
उनले राष्ट्रपतिसँग मलाई मेरो हात रगतले लत्पतिएको जस्तो लागेको छ त्यसैले यो हतियार प्रतिबन्ध गरौँ भनेका थिए ।
यो आविष्कारको प्रोत्साहन गर्नेवाला वैज्ञानिक आइन्सटाइन पनि पछि गएर पछुताएका थिए । उनले यसलाई आफ्नो सबैभन्दा ठूलो गल्तीमध्ये एक भएको बताएका थिए ।
४.सपिङ्ग महल
सन् १९५० मा संसारमा पहिलो पटक सपिङ्ग महल विकसित गर्ने अवधारणा विकसित गर्ने श्रेय विक्टर ग्रुएनलाई जान्छ । उनको जन्म युरोपमा भएको थियो ।
उनलाई अमेरिकी सपिङ्ग महलका राजा भनिन्छ । उनले यस्तो ठाउँको कल्पना गरेका थिए जहाँ बिक्री तथा ससंस्कृति एकै छतकोमुनि होस् ।
तर उनलाई पछि अमेरिका महलले वास्तवमा शहरको बर्बाद गरेको भन्दै आफूले बेक्कारमा महलको निर्माण गरेको बताएका थिए ।
५.ए के ४७ राइफल
मिखाइल कलाश्निकोवले यस अटोमेटिक असाल्ट राइफलको आविष्कार सन् १९४७ मा गरेका थिए । उनी उनले आविष्कार गरेको वर्षको नामबाटै यो राइफलको नामाकरण भएको थियो ।
यसको आविष्कार रुसी सेनाको लागि गरिएको थियो । उनको मृत्यु सन् २०१३ मा भएको थियो । उनले सन् आफ्नो मृत्यु पूर्व सन् २०१२ मा रुसको अर्थाेडक्स चर्चलाई एक चिठी लेखेका थिए ।
जसमा उनले मिसाइल बनाउँदाको दुःख र बनाएको पछुतो भएको बताएका थिए । साथै उनले आफूलाई त्यो राइफलबाट हुने हत्याो दोषी आफू भएको बताएका थिए ।
६. पेपर स्प्रे
सन् १९८० को दशकमा एफबीआईद्वारा प्रयोगका लागि वैज्ञानिकले पेपर स्प्रेको अनुसन्धान गरेका थिए । यो बनाउने मध्येका एक हुन् कामरान लामेन ।
आन्दोलनमा प्रदर्शनकर्ताहरुलाई यो स्प्रे प्रयोग गरेको देख्दा अचम्ममा परेको बताएका थिए । यो कामको लागि पेपर स्प्रेको निर्माण नगरेको भनेर कसरी म यी जनताहरुलाई सम्झाउँ भन्दै उनी भावुक बनेका थिए ।
७. वल्र्ड वाइड वेब
इन्टरनेटका पिता भनेर चिनिने वाला प्रोपेसर टिम बनर्सले सन् १९९८ मा वल्र्ड वाइड वेबको अनुसन्धान गरेका थिए । यो त्यो तरिका हो जसले अहिलेका मानिसहरुलाई काम गर्न र विश्वलाई बदल्न अहम भूमिका निभायो ।
जसले केहि नयाँ आविष्कारको आधार दियो । तर अहिले यसको माध्यामबाट हुने गैरकानूनी ह्याकिङ् बिध्वंसक गतिविधले संसार नै निराश भएको छ ।
सन् २०१८ मा लीले एक अन्तर्वार्ता दिँदै मेरो आविष्कारका कारण हुनेवाल बिध्वंसक गतिविधि देखेर निराश भएको बताएका थिए ।
मलाई मानिसको सेवा गरेको जस्तो लाग्थ्यो तर मैले आविष्कार गरेको इन्टरनेट फेल भएको भन्दै उनले दुःख व्यक्त गरेका थिए ।
८.ल्याब्राडुडल्स
कुकुरको यो प्रजाति एकदमै बुद्धिमान तथा प्यारो हुने गर्छ । यो कुकुरको कपाल झर्दैन । यो ल्याब्राडोर तथा पुडलको क्रस ब्रिडिङ्गबाट जन्मिएको हो । यो नयाँ प्रजाती विकास गर्ने व्यक्ति हुन् वाली कानरन ।
अष्ट्रेलियाका कानरनलाई पछि आफ्नो यो अनुसन्धानको बारेमा पछुतो लागेको थियो । मानिसहरुले यसरी ब्रिडिङ्ग गराउन थाले ।
जसबाट धेरै अस्वस्थ कुकुरहरुको जन्म भयो । साथै ति अस्वस्थ कुकुरहरुलाई आवारा छोडेको देखेपछि झनै कानरनले आफ्नो अनुसन्धानलाई नै धिक्कारेका थिए ।
९.इमोजी
एक कम्प्युटर साइन्सका शिक्षक स्कट फैलम्यानले पहिलोपटक इमोटिकनको प्रयोग रमाइलोका लागि गरेका थिए । तर उनलाई रमाइलोका लागि प्रयो गरिएको इमोटिकनबाट धेरै माया पाइन्छ र इमोजी प्राप्त हुन्छ भन्ने बारेमा थाहा थिएन ।
पछि फैलम्यानले भने मैले जो बनाएँ त्यो कसैलाई अहित गर्नेवाला थिएन । तर यसको प्रयोग जुन तरिबाले प्रयोग गरिँदै छ त्यो तरिका मैले दिएको थिइन ।
१०. कमिक सेन्स फन्ट
कमिक सेन्स अहिलेसम्म डिजाइन गरिएको मध्ये सबैभन्दा भद्दा फन्ट डिजाइन मान्ने गरिन्छ । यसको अनुसन्धान विन्सेट कोनारले बच्चाहरुका लागि कम्प्युटर शिक्षा कार्यक्रममा प्रयोग गर्न गरेका थिए ।
तर सन् १९९४ मा विकसित भएको यो फन्ट बिस्तारै बिस्तारै धेरै प्रयोग गर्न थालियो । त्यो पछि कोनारले यो फन्ट प्रयोग गर्नेहरु टाइपोग्रफीको बारेमा केहि नजान्ने गरेको बताएका थिए ।
११.पप अप विज्ञापन
यो अनलाइन साइडमा विज्ञापनको एउटा तरिका हो । यसलाई एथन जुकरम्यानले अनुसन्धान गरेर पत्ता लगाएका थिए । कुनै पनि विज्ञापनलाई वेबसाइडको एक भागमा नराखि त्यसलाई प्रयोगकर्तासम्म पुर्याउने उद्देश्यका साथ जुकरम्यानले पप अप विज्ञापनको अनुसन्धान गरेका थिए ।
तर बिस्तारै यसको प्रयोग धेरै अनलायन साइडहरुले गर्न थाले । जसबाट प्रयोगकर्ताहरुलाई समस्या उत्पन्न भयो । यो अनुसन्धानका लागि जुकरम्यानले माफी समेत मागेका थिए ।
१२.हवाईजहाज
हवाईजहाजको आविष्कार गर्ने राइट दाजुभाईहरुमध्ये एक अविरल राइटले जब द्वितीय विश्वयुद्धमा जब बम बर्साउनको लागि हवाईजहाजको प्रयोग गरेको देखे तब उनी धेरै चिन्तित भएका थिए ।
जब आफ्नो आविष्कारका माध्यामले उनीहरुले हजारौँ मानिसहरु मारिरहेको देखे तब उनीहरुलाई आफ्नो आविष्कारबाट पछुतो लागेको बताएका थिए । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया