काठमाडौं । बिल गेट्सलाई नचिन्नेहरु संसारमा सायदै होलान् । बिल गेट्स विश्वकै धनी तथा सफल व्यक्तिहरु मध्येका एक हुन् ।
माइक्रोसफ्ट कम्पनीका सिइओ उनी सामाज सेवामा पनि त्यत्तिकै रुची राख्ने गर्छन् । विश्वकै ध्यान आफूतिर तान्न सफल बिल गेट्सको जन्म अक्टोबर २८ सन् १९५५ मा भएको थियो ।
बिल गेट्सका २० प्रेरक भनाई
१. तिम्रा असन्तुष्ट ग्राहकहरु नै तिम्रो लागि सिकाइका श्रोत बन्न सक्छन् ।
२. आफूलाई संसारका कुनै पनि व्यक्तिसँग नदाँज, यदि दाँजिरहेका छौ भने तिमीले आफूलाई हेपिरहेका छौ ।
३. तिमीले “मैले जान्दिन” वाक्यलाई “मैले अहिलेसम्म जान्दिन” बनाउ ।
४. जीवन सजिलो छैन, यसमा आफूलाई अभ्यस्त बनाउ ।
५. टेलिभिजन भनेको वास्तविक जीवन होइन,वास्तविक जीवनमा त मानिसहरु कफी सपलाई छोडेर जागिरको लागि हिँड्नुपर्छ ।
६. हामीलाई कामको अन्त्यमा मिल्ने सफलता,सुरुवात गरेदेखिका दिनहरुको परिणाम हो ।
७. सिर्जनात्मक कामको परिक्षणमा असफलता मिल्यो भने पनि त्यो पुरस्कार योग्य हुन्छ ।
८. आउँदो शताब्दीहरुमा अरुलाई सशक्त बनाउँने व्यक्तिहरु नै नेतृत्वदायी हुनेछन् ।
९. सबै मानिसहरुको लागि आलोचक र सल्लाहकारको आवस्यकता पर्छ, त्यसले सफलताको बाटोमा हिँड्न सहयोग पुर्याउँछ ।
१०. मैले मेरो धेरै समय पुस्तक पढ्नमा बिताएको छु ।
११. सफलताको उत्सव मनाउँनु ठीक हो, तर असफलताले दिन खोजेको पाठलाई बुझ्नु महत्वपुर्ण हो ।
१२. ठूलो सफलता पाउनको लागि ठूला चुनौति सामना गर्ने हिम्मत गनुपर्छ ।
१३. आफैले आफैलाई सोध र पत्ता लगाउ ।
१४. धैर्यता नै सफलताको चाबी हो ।
१५. यदि गरिब जन्मिएको है भने त्यो तिम्रो गल्ती होइन,तर गरिब नै भएर मर्याै भने त्यो तिम्रो गल्ती हो ।
१६. मानिसहरु परिवर्तनसँग सधैँ डराउँछन्,बिजुलीको आविष्कार पहिलो पटक हुँदा पनि मानिसहरु डराएका थिए नि होइन र ?
१७. चाहे त्यो गूगल हो वा एप्पल वा फ्री सफ्टवेयर हामीसँग पनि त्यस्तै शानदार प्रतिस्पर्द्धि छन् जसले तिनीहरुलाई च्यालेन्ज दिन सक्छन् ।
१८. जीवन न्याययुक्त छैन त्यसैले यसको बानी बसाउ ।
१९. सफलता एउटा घटिया शिक्षक हो, यसले मानिसमा कहिल्यै असफल हुन्न भन्ने घमन्ड दिन्छ ।
२०. यदि तपाई राम्रो गर्न सक्नुहुन्न भने राम्रो जस्तै बनिदिने काम गर्नुस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया