काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष्पा भुषाललाई सभामुखको उमेदवार बनाउने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना तर्फबाट अग्निप्रसाद सापकोटालाई उमेदवार बनाउने घोषणा गरेसँगै कांग्रेसले भुषालको नाम तय गरेको स्रोतले बताएको छ ।
आज १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले रित्तरहेको सभामुख पदका लागि निर्वाचन प्रकृया अगाडि बढाउने भएपछि कांग्रेसले पनि उमेदवारी दिन लागेको हो ।
केन्द्रीय सदस्यसमेत रहेकी भुषाल नेपाली कांग्रेसकी सचेतक हुन्। यसअघि कृष्णबहादुर महरा सभामुख उठ्दा कांग्रेसले उमेदवारी दिएको थिएन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया