कामना सेवा बैंककाे एकैपटक २ शाखा सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसै क्रममा बैंकले प्रदेश नं ५ को नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । भने अर्काे शाखा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो विस्तारलाई दरिलो बनाउने उदेश्यले देशभर ११६ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । भने ६० वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?