काठमाडौं । नेपालमा वास्तुशास्त्रको महत्व जति छ त्यति नै महत्व चीनमा फेंगसुईलाई मान्ने गरिन्छ । फेंगसुई र वास्तु दुबै एउटै कुरा हो ।
वास्तु तथा फेंगसुईले मानव जीवनलाई सफल,समृद्ध र खुसी बनाउँन धेरै मद्दत गर्छ । वास्तुशास्त्रका नियमहरुलाई मानेर मानिसहरु आफ्नो जीवनमा सजिलै खुसी प्राप्त गर्न सक्छन् । वास्तुले जीवनमा सकरात्मकता बनाईराख्छ ।
फेंगसुईका अनुसार यदि तपाई नकरात्मकतामा घेरिनु भएको छ भने र नराम्रो समय चलिरहेको छ भने घरमा फेंगसुई उँटको मुर्ती बनाएर राख्नुपर्छ । फेंगसुई उँटले तपाईका सबै समस्याहरु समाधान गर्ने विश्वास गरिन्छ ।
फेंगसुई मान्यताका अनुसार घरमा सुख शान्ती र सुरक्षाका लागि एक जोडी उँटको मुर्ती बनाएर घरमा स्थापना गर्नुपर्छ । जसका कारण घरमा आएका बिभिन्न समस्याहरु सधैँका लागि नाश हुन्छन् ।
यदि ब्यापार व्यवसाय फस्टाओस् भन्ने चाहाना गर्नुभएको छ भने तपाईले व्यवसाय गर्ने ठाउँमा जोडी उँटको मुर्ती राखेर पूजा गर्नुपर्छ । यसो गर्नाले तपाईको जीवनका दुर्भाग्यहरु नष्ट भएर जान्छन् ।
विलक्षण क्षमताले भरिएको उँटको मुर्ती बनाएर पूजा गरेमा विलक्षण उर्जा मिल्ने विश्वास गरिन्छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया