काठमाडौ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेड तथा सानिमा बैंक लिमिटेडबीच ग्राहकहरुलाई उपचारमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले ग्राण्डीसँग साझेदार रहेका देशका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा छुट पाउने भएका हुन् । बैंकका डेविट तथा क्रडिट कार्ड होल्डरहरुले ग्राण्डी मातहतका अस्पतालहरुमा भुक्तानीमा सुविधा साथै विभिन्न सेवा सुविधाहरुमा ७ दशमलव ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
उक्त सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रमुुख मार्कटिङ अधिकृत दिनेश पौडेल तथा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौलाले हस्ताक्षर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया