हिन्दु दर्शनका प्रसिद्ध विद्वान स्वामी विवेकानन्द (नरेन्द्रनाथ दत्त)को जन्म १२ जनवरी सन् १८६३ मा भएको थियो । साथै उनको मृत्यु ४ जुलाई सन् १९०२ मा भएको थियो ।
अमेरिकामा गरेको भाषणले सारा संसारकै मन जित्न उनी सफल भएका थिए । उनले गुरु रामकृष्ण परमहंसबाट शिक्षा ग्रहण गरेका थिए ।
स्वामी विवेकानन्दका २० जीवनोपयोगी भनाई
१. यदि धन कसैलाई सहयोग गर्न प्रयोग हुन्छ भने मात्र त्यसको मूल्य छ,नत्र यो मात्र एउटा दुष्टको थुप्रो हो ।
२. उठ,जाग र तिमी तब सम्म नरोक्केउ जब सम्म तिम्रो लक्ष्य पुरा हुँदैन ।
३. आफूलाई कमजोर सम्झिनु सबैभन्दा ठूलो पाप हो ।
४. बस उनीहरु नै जिउँछन् जो अरुको लागि जिउँछन् ।
५. हामी त्यो हौँ जो हाम्रो सोचले बनाएको छ,त्यसैले आफूले सोच्ने कुराको ध्यान देउ ।
६. तिमी आफूलाई बलवान सोचे बलवान बन्छौ र कमजोर सोचे कमजोर बन्छौ ।
७. त्यो हामी नै हौँ,जो आफ्नो आँखामा हात राखेर अँध्यारो भयो भन्छौँ ।
८. एक समयमा एउटै काम गर,त्यो काम गर्दा सबै ध्यान त्यसमै लगाएर अरु भुलिदेउ ।
९. सबैभन्दा ठूलो धर्म आफ्नो स्वभावप्रति सच्चा हुनु हो,त्यसैले आफूप्रति विश्वास गर ।
१०. दिल र दिमागको टक्कर भयो भने तिमी दिलले भनेको सुन ।
११. कुनै दिन तिम्रो सामु कुनै पनि समस्या आउँन छोड्छ भने सोच तिमी गलत बाटोमा छौ ।
१२. कुनै पनि देशको विकासका लागि युवाहरुको त्यागको आवस्यकता पर्दछ,तर ध्यान देउ त्यो त्याग पशुहरुको होइन ।
१३. मुक्ति त्यसको लागि हो,जसले अरुको लागि आफ्नो सबै त्याग गर्दछ ।
१४. केहि पनि नमाग्नु र सहयोग गरेबापत केहि आशा पनि नराख्नु ।
१५. त्याग बिना कुनै पनि महान कार्य सफल हुन सक्दैन ।
१६. प्रेम नै जीवनको एक मात्र नियम हो ।
१७. विकास जीवन हो भने बिनास मृत्यु हो ।
१८. यदि हामी भगवानलाई अभिभावक मान्ने तर दैनिक जीवनमा प्रत्येक मनुष्यलाई आफ्नो दाजुभाई मान्दैनौ भने प्रार्थनाको केहि अर्थ हुँदैन ।
१९. प्राचीन धर्ममा भगवानको विश्वास नगर्नेलाई नास्तिक भनिन्छ तर नयाँ धर्ममा स्वयंको विश्वास नलाग्नेलाई नास्तिक भनिन्छ ।
२०. कुनै समयमा मानिसले अनुभव गर्नेछन्, सानै भएपनि मानव जातीलाई गरिएको सहयोग लाखौँ पटक गरिएको जप ध्यान भन्दा धेरै हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया