काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बस्न लागेको छ । बैठकले सभामुको उमेदवारी दिने वा नदिने भन्ने विषयलाई छलफल गर्ने बताइएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नि सापकोटालाई उमेदवार बनाउने लागेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा उमेदवारी दिन लागेको स्रोत बनाउछ ।
माघ १२ गते सभामुखको मतदानका तय गरीएको छ । यसको तयारीमा सत्तारुढ र प्रतिपक्षी दलहरु आन्तरिक गृहकार्यामा छन् ।
स्रोतका अनुसार नेकपा अध्यक्ष प्रचण्डले फोन गरेर कांग्रेस सभापति देउवालाई सघाउन आग्रह गरेको बुझिएको छ । सत्तारुढ दल नेकपाले सभामुख निर्विरोध गर्न चाहेको स्रोत बताउछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया